रसमुर बरो काउन्सिलले फेब्रुअरी २५मा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई गोरखा सैनिकहरुका लागि बेलायतको नागरिकता पाउने प्रावधानहरुलाई सजिलो र लचिलो बनाउन पत्राचार गरेको छ । पत्रमा बेलायतको भिसा र नागरिकता पाउन तिर्नपर्ने शुल्कहरु खारेज गर्न पनि माग गरिएको छ । रसमुरको लेबोर पार्टीले यस कुराको माग लामो समयदेखि गर्दै आएको थियो । तथापि कञ्जरभेटिभ पार्टीको पकडमा रहेको काउन्सिल स्वयंले प्रधानमन्त्रीलाई पत्राचार गरेर अझ यो विषयलाई सर्वसम्मत बनाएको छ । गोरखा भूतपूर्व सैनिकहरुको बेलायतमा सबैभन्दा बाक्लो बसोबास रहेको सो क्षेत्रका पूर्व मेयर तथा काउन्सिलमा लेबोर पार्टीका नेता आलेक्स क्राफोर्डसित वीनेपालीका लागि नरेश खपाङ्गीमगरले यस विषयमा कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सारसंक्षेप ।
गोरखा सैनिक र कमवेल्थ मुलुकका सैनिकहरुका लागि बेलायती नागरिकता पाउने प्रक्रिया सजिलो र लचिलो बनाउन बेलायती प्रधानमन्त्रीलाई पत्र लेख्ने निर्णयमा काउन्सिल कसरी पुग्यो ?
यो कुरा विगत केही वर्षदेखि कमनवेल्थ र गोरखा सैनिकहरुलाई निशुल्क भिसा दिइनुपर्छ भन्ने मागसँग जोडिएको छ । विगतमा यसका लागि हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाइएको थियो । सबैभन्दा पछिल्लोपटक गत नोभेम्बरमा गरिएको थियो तर अफसोच सरकार भिसा शुल्क हटाउन सहमत भएन । हामीले रसमुरको लेबोर समूहभित्र छलफल गर्यौं । रसमुरका ३९ जना काउन्सिलरहरुमध्ये १० जना लेबोर पार्टीका छौँ । हामीहरु लेबोर फ्रेण्डस फर द फोर्सेस भन्ने अभियानसित सम्बन्धित छौँ । सो अभियानले कमनवेल्थ मुुलुकका सैनिकहरुलाई निशुल्क भिसा भन्ने अभियान शुरु गरेको थियो र हामीले त्यसमा गोरखा सैनिकहरुलाई थप्न माग गर्यौं । किनभने गोरखाहरुले पनि उस्तै समस्या भोगिरहेका छन् । हामीले सो प्रस्ताव काउन्सिलमा लैजाने निर्णय गरेका थियौँ । जसमा काउन्सिल नेताले सरकारलाई पत्राचार गर्न माग गरिएको थियो । तर जब सो प्रस्तावका बारेमा छलफल गर्नुपर्ने मौका आयो काउन्सिलका नेताले ‘मैले प्रधानमन्त्रीलाई पत्राचार गरिसकेँ’ भन्नुभयो । त्यसपछि हामीले बधाई दियौँ र प्रस्तावलाई परिवर्तन गरी बधाई प्रस्तावमा परिणत गर्यौं । तर यो विषय लेबोर पार्टीबाट शुरु भएको हो र काउन्सिलका नेताले प्रधानमन्त्रीलाई पत्र लेख्नुको कारण पनि हामीले माग गरेकाले हो ।
तपाईहरुले नागरिकता प्राप्त गर्न तिनुपर्ने शुल्क र अरु खर्च हटाउन माग गर्नुभएको छ । त्यसको मतलब शुल्क घटाइयोस् भन्ने हो कि कत्ति पनि नलिइयोस् भन्ने हो ?
जब गोरखा रेजिमेण्टमा सेवा गरेकाहरुले सेवाबाट अवकास पाउँछन् उनीहरुले सीधै बेलायतको नागरिकता आवेदन गर्न पाउँदैनन् । उनीहरुले इण्डिफिनेट लिभ टु रिमेन (आइएलआर) आवेदन गर्नुपर्छ र चार वर्षपछि मात्र बेलायतको नागरिकता पाउनका लागि निवेदन गर्न पाउँछन् । जो अन्य मुलुकबाट बेलायत आउनेहरुले पनि गर्न पाउँछन् । हरेकपटक आइएलआर वा नागरिकताका लागि निदेवन दिँदा गोरखाहरुले ठूलो शुल्क तिर्नुपर्छ । यो बिल्कुल नाजायज हो । गोरखा सैनिकहरु १६ वर्ष, २० वर्ष वा त्यो भन्दा बढी बेलायती सेनामा रहेर सेवा गरेका हुन्छन् । बेलायत लगायतका खटाइएका मुलुकमा जीवन बिताएका हुन्छन् तर उनीहरुलाई भिसा दिइँदा उनीहरु कहिल्यै यो मुलुकमा नआएकालाई जस्तो व्यवहार गरिन्छ । यो गलत छ । त्यसकारण भिसा र नागरिकताका लागि गोरखाहरुलाई लिइने शुल्क हटाइनुपर्दछ ।
प्रधानमन्त्रीलाई पत्राचार गर्ने निर्णय गर्नुपूर्व पक्कै पनि गोरखाहरुले बेलायती नागरिकता पाउनका लागि भोगिरहेको अफ्ठ्याराका बारेमा अनुसन्धान गर्नुभएको होला । के कस्तो असुविधा पाउनुभयो ?
जब उनीहरु सेवाबाट अवकास पाउँछन् उनीहरुलाई भिसा आवेदन गर्नका लागि अन्यन्तै छोटो समय दिइन्छ । सेवाबाट अवकास पाउने बेलामा उनीहरुले गर्नपर्ने धेरै कुराहरु हुन्छन्, जस्तै नयाँ घर खोज्नु, बालबच्चाका लागि नयाँ विद्यालय खोज्नु आदि । यस्तो बेलामा उनीहरुले भिसा आवेदन गर्ने मौका गुमाउन सक्छन् । यस्तै, फारामहरु भर्न पनि चुनौतीपूर्ण छ । यस्ता कुरामा उनीहरुलाई मद्दत चाहिन्छ । सौभाग्यवश हामीसित सिटिजन एडभाइस ब्यूरो छ । तर यस्ता अवरोधहरु कदापि हुनुहुँदैनथ्यो । बेलायती सेनामा काम गरेर अवकास पाएको गोरखाले स्वत बेलायतको नागरिकता पाउनुपर्छ । बेलायतको सेनामा काम गरेकाले उनीहरुले यो अधिकार कमाएका हुन् ।
मलाई लाग्छ बेलायतको नागरिकता पाउन ‘लाइफ इन द युके ‘भन्ने अंग्रेजी परीक्षा अझै उत्तीर्ण गर्नपर्छ ।
हो । खासगरी प्रौढावस्थाका गोरखा सैनिकहरु जो नेपालबाट यहाँ बसोबास गर्न आएका छन् उनीहरुका लागि यो चुनौतीपूर्ण छ । उनीहरुले बेलायती सेनाबाट २०/३०/४० वर्ष अघि अवकास पाए । त्यतिबेला जानेको अंग्रेजी भाषा बिर्सिए । जब उनीहरुले बेलायतको नागरिकताका लागि निवेदन दिनुपर्छ उनीहरुले लाइफ इन द युके परीक्षा पास गर्नुपर्छ । यो न्यायपूर्ण छैन । उनीहरुले यो देशका लागि सेवा गरेकाले उनीहरुलाई बेलायत आउनासाथ बेलायतको नागरिकता दिइनुपर्छ । कुनै परीक्षा लिइरहनु आवश्यक नै छैन । यो परीक्षा हटाइनुपर्छ किनकी गोरखाहरु त्यति लामो समय ब्रिटिश सेनामा काम गर्न योग्य भए भने उनीहरु स्वत यो देशमा बस्नका लागि पनि योग्य छन् ।
यहाँले अघि उल्लेख गर्नुभयो । गत नोभेम्बरमा यो माग सरकारले अस्वीकार गरिदियो । यसपटक सरकारले कुरा सुन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
अहिले हाउस अफ कमन्समा नयाँ विधेयक आएको छ । यसलाई आम्र्ड फोर्सेस विधेयक भनिन्छ । यो बेलायतको सैन्यशक्तिलाई भविष्यका लागि तयार राख्ने नयाँ कानुन हो । त्यसैले सरकार त्यो विधेयकलाई संसदबाट पारित गर्न चाहन्छ र त्यसका लागि धेरैभन्दा धेरै सांसदहरुको मतको अपेक्षा राख्दछ । सांसदहरुको ठूलो संख्याले भिसाशुल्क हटाउने विषयलाई कानुनको अंग बनाउन चाहेका छन् । त्यसकारण यदि सरकारले यो विषयलाई विधेयकमा समेटेन भने सरकारले बहुमत नपाउन पनि सक्छ ।
त्यसको मतलब यहाँहरुले सांसदहरुसित पनि अभियान चलाइरहनुभएको छ ?
हो । हामीहरु लेबोर फ्रेण्डस फर द फोर्सेस भन्ने अभियानमा आवद्ध छौँ र यस अभियानको संयोजक छायाँ रक्षा मन्त्री हुनुहुन्छ । यसरी हामी राष्ट्रिय रुपमा यसलाई बहस बनाइरहेका छौँ ।
प्रसंग बदलौँ, सन् २०१०/११ तिर जब गोरखा सैनिक र उनका परिवारहरु रसमुरमा बसोबास गर्न आउँदैथिए । त्यतिबेला अल्डरसटका तत्कालिन सांसद जेराल्ड होवार्थले गोरखाहरुको अत्यधिक प्रवेशका कारण स्थानिय क्षेत्रमा पर्नसक्ने असुविधाका बारेमा सार्वजनिक रुपमा बोले र उनलाई केही स्थानीयले पनि साथ दिए । त्यति नै बेला गोरखाहरुलाई सहयोग गर्न तपाईले ‘हामी गोरखाहरुलाई माया गर्छौं’ भन्ने फेसबुक पेज पनि खोल्नु भो । जहाँ १३ हजारभन्दा बढी सदस्य छन् । के त्यो निर्णयमा तपाई अहिले पनि अडिग हुनुहुन्छ ?
जरुर । त्यतिबेला म रसमुरको मेयर थिएँ । मेरो कर्तव्य रसमुरमा बसोबास गर्ने नेपालीलगायत सबै मानिसहरुको सेवा गर्नु थियो । मेरो च्यापलिन समेत रहेका चर्चका मिनिष्टरसित यसबारेमा मेरो सल्लाह भयो । हरेक मेयरको एकजना च्यापलिन हुन्छ जसले हरेक काउन्सिल बैठक अघि प्रार्थना गर्दछन् । कसरी यो विषयलाई सम्बोधन गर्ने भन्ने बारेमाछलफल हुँदा फेसबुक पेज बनाउने निधो भयो । फेसबुक पेजमार्फत रसमुरका मानिसहरुलाई मानवीय भाव देखाउन, गोरखा र नेपालीहरुलाई हाम्रो बरोमा बसोबास गर्न आएकोमा स्वागत गर्न अनुरोध गर्ने निस्कर्ष निकालियो । समाजमा सहिष्णुता र सद्भाव ल्याउन तथा गोरखा सैनिकहरुलाई उनीहरुले यस देशका लागि गरेको सेवाका लागि गौरव महसुस गराउन र उनीहरुको हित गर्ने सिद्धान्तअनुसार यसो गरिएको थियो । यो सिद्धान्त आज पनि जारी छ ।
हामी अहिले पनि हाम्रो बरोमा बसोबास गर्न आउने गोरखा र नेपालीहरुलाई स्वागत गर्दछौं । सन् २००८ करिब एक हजार नेपाली रसमुरमा थिए । यो साल जनगणना हुँदैछ, त्यसबाट नेपालीको यकिन संख्या आउला । मेरो विचारमा करिब १२÷१३ हजार अथवा बेलायतमा बसोबास गर्ने कुल नेपालीको संख्याको १० प्रतिशत रसमुरमा बसोबास गर्छन् । हामीहरु उनीहरुलाई हाम्रो समुदायको सदस्यका रुपमा स्वागत गर्दछौँ । खासगरी नयाँ गोरखाका छोराछोरीहरुले हाम्रो बरोमा अत्यन्तै सकारात्मक योगदान दिएका छन् । धेरैले अति राम्रो शैक्षिक उपलब्धि हात पारेका छन् । धेरैले उद्यमशीलता देखाएका छन् । अल्डरसट र फार्नब्रोमा धेरै नेपालीहरुले व्यापार गरिरहेका छन् जुन हाम्रो समुदायका लागि महत्वपूर्ण छ । अझै पनि केही पाका गोरखा सैनिकहरुलाई मद्दतको जरुरत छ । म ‘नेपाली मद्दत समूह’ च्यारिटीको संरक्षक पनि हो । जसमा करिब १ हजार ५०० सदस्यहरु छन् । उनीहरुसित हामीहरु बैठक गरी उनीहरुको समस्या के हो र कसरी सहयोग गर्न सकिन्छ भनेर मद्दत गर्दछौँ । हाम्रो सिद्धान्त हाम्रो क्षेत्रमा बसोबास गर्नका लागि मद्दत गर्ने र असल जीवन जीउनका लागि उत्प्रेरणा दिने हो । हाम्रो मुलुकका लागि लडेका मानिसहरुलाई सम्मान र सहयोग गर्ने हो ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम