लण्डन । अन्तराष्ट्रिय जर्नलहरू तथा अन्तर्राष्ट्रिय कविता प्रतियोगिताहरूमा अनुदित नेपाली कविताको उपस्थिति न्यून रहेकोमा त्यसलाई बढाउनका लागि स्वतन्त्र अनुवाद नामक संस्थाको स्थापना गरिएको छ ।
बेलायतको स्कटल्याण्डमा बसोबासरत नविन क्षेत्री र मुकुल दाहालले सो सेवाको शुरुवात गरेका हुन् । सो संस्थाले नेपाली कविता र कथाहरूको स्तरीय अनुवादको सेवा उपलब्ध गराउने संस्थापकद्वयले जानकारी दिए । तर हाललाई उपन्यास विधा भने समेटिएको छैन ।
बेलायतमा स्थापित संस्था भए पनि वेबसाइटमार्फत संसारका जुनसुकै स्थानबाट सम्पर्क गर्न सकिने भएकाले आफूहरुको सेवा कुनै स्थान विशेषमा सीमित नरहेको संस्थापकहरुले प्रष्ट पारेका छन् ।
नेपालबाट अनुवाद गराउन चाहनेहरूको लागि छुट्टै अनुवाद शुल्क रहने बताइएको छ ।
संस्थामा सम्पर्क गर्नु परे र संस्थाले पुर्याउने सेवाहरूको विस्तृत जानकारी आवस्यक परे सेवाग्राहीहरूले संस्थाको वेबसाइटमार्फत त्यस्तो जानकारी प्राप्त गर्न सक्नेछन् ।
संस्थाको वेबसाइट http://independenttranslation.co.uk. रहेको छ ।
संस्थाले नेपाली साहित्यका साथसाथै प्रशासनिक र कानुनी कागजातहरूको अनुवाद गर्ने र हिन्दी लगायत अन्य भाषाहरू पनि सेवा दिने बताएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश