यूरोप- नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ ।बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ।
अधिवेशन सम्पन्न गर्न राजकुमार दिक्पालको संयोजकत्वमा शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल,पञ्चम अधिकारी र दिलनिशानी मगर सदस्य रहेको अनुगमन तथा सुझाव, दोर्ण रिजालको संयोजकत्वमा सांगठनिक प्रतिवेदन लेखन, वाइबी गुरुङ्गको संयोजकत्वमा प्रेम परियार, महिन्दो वाइवा, प्रेम पोमु, इन्दिरा चाम्लिङ,गोमा खरेल,बिरमान मगर सदस्य रहेको व्यवस्थापन, महेश खातीको संयोजकत्वमा शेरबहादुर परियार,दिपेन्द्र गजुरेल,दिनेश गौतम,कलश खरेल सदस्य रहेको प्रचार प्रसार, तेजबहादुर नेपालीको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन यसैगरी रबिचन्द्र भट्टराईको संयोजकत्वमा प्राबिधिक, राजकुमार थापाको संयोजकत्वमा अतिथि समन्वय र व्यवस्थापन,सरला कट्टेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति निर्माण गरेको शाखाका अध्यक्ष केजिन राईले जानकारी दिए।
अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि यूरोपमा रहेका सम्पूर्ण संघसंस्थाहरुको नैतिक सहयोगको अपेक्षा गरेको अध्यक्ष राईले बताए। जुम प्रविधिको माध्यमबाट हुने अधिवेशनले यूरोप शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।अधिवेशन सम्पन्न गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले पत्रकार चिरन शर्मालाई केन्द्रिय प्रतिनिधि तोकेको छ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त