लण्डन । बेलायतमा भेटिएको नयाँ किसिमको कोरोना भाइरसको प्रकारका बारेमा थप जानकारी बाहिर आएको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नयाँ किसिमको कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुमा गन्ध थाहा नपाउने र स्वाद थाहा नपाउने असाध्यै कम मात्र हुने गर्छ ।
नयाँ भाइरस लागेका मानिसहरुमा यसबाहेक कोरोना लाग्दा देखिने अन्य लक्षणहरु भने यथावत नै रहनेछन् । कार्यकालयका अनुसार उनीहरुमा धेरैजसो खोकी लाग्ने, घाँटी दुख्ने, थकाइ लाग्ने र शरीर दुख्ने गर्दछ ।
यसअघि सो भाइरस पहिलेको कोरोना भाइरसभन्दा ३० प्रतिशत बढी घातक र छिटो सर्न सक्ने बताइएको थियो ।
पेट दुख्ने, पखाला लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने र श्वास फेर्न असजिलो हुने जस्ता कोरोना भाइरस संक्रमणका लक्षण नयाँ किसिमको भाइरसबाट पनि हुने कार्यालयले गरेको सर्भेक्षणमा उल्लेख छ ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन