काठमाडौँ।नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका बाह्य मामिला सचिव हर्षवद्र्धन श्रृङ्गला र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । आजै दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा आयोगको बैठक सोही भवनमा हुँदैछ । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ । बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालय/विभागका उच्च अधिकारी पनि सहभागी हुने दूतावासले जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार