काठमाडौँ । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो ।
महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण शुरु गर्न लागिएको नेपाल कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिनुभयो । “कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला शुरु हुन लागेको हो”, उहाँले भन्नुभयो ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले बताउनुभयो । कुस्तीमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक सङ्गीता धामीले जित्नुभएको हो ।
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता