लण्डन । सत्तारुढ नेकपा(नेकपा) को प्रवासस्थित कमिटीहरुले प्रतिनिधसभा विघटन गर्ने वर्तमान सरकारको निर्णय गलत भएको निस्कर्ष निकाल्दै सो निर्णय सच्याउन माग गरेका छन् ।
नेकपाका ३० वटा प्रवास कमिटीका अध्यक्ष तथा सचिवहरुले सोमबार एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै सो निर्णयबाट स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संसद् विघटन गर्ने गरेको निर्णय असंवैधानिक र जनताको चाहना विपरीत रहेको उनीहरुको ठहर छ। देश कोरोनाको कहरबाट गुज्रिरहेको बेला जनताको पीडामा मल्हम लगाउनु पर्ने बेलामा सरकारको यो निर्णय गलत भएको पनि उनीहरुको भनाइ छ ।
तीन वर्ष अघि जनताको म्यान्डेटबाट आएको झन्डै दुई तिहाई बहुमत प्राप्त सरकारले देशको मुहार फेर्न क्रान्तिकारी र प्रगतिशील कदमहरु उठाउने आम जनताको आशा रहेकोमा सरकारले शुरुदेखि नै त्यस दिशामा काम गर्न नसकेको गुनासो पनि विज्ञप्तिमा उल्लेख छ। पार्टी भित्रबाट सच्चिन बारम्बार सल्लाह दिंदा प्रधान मन्त्री र उहाँका निकटहरुले त्यसलाई दबाबका रुप लिनु र समझदारी र संवादको माध्यमबाट तार्किक निष्कर्षमा पुग्ने सम्भावना बांकी रहँदा रहँदै पनि संसद विघटन गर्ने सरकारको यो निर्णय गलत भएको पनि उनीहरुको दाबी छ ।
यदि सच्याउन सम्भव भए यो कदमलाई सच्याएर वार्ता र छलफलबाट अहिलेको संकटलाई निकास दिन वक्तब्यमा अपील गरिएको छ । सरकारकै मन्त्रीहरु, प्रतिपक्षलगायत सबैले विरोध गरिरहेको यो कदमले देशलाई अस्थिरताको बाटोमा लग्ने भएकाले तत्काल सच्याउन पनि उनीहरुले माग गरेका छन् ।
यसरी विज्ञप्ति जारी गर्नेहरुमा प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, पोर्चुगलका डोलराज भण्डारी, साइप्रसका अध्यक्ष रमिला राई, सचिव केशव ठकुरी, बहराईनका सचिव नारायण रनपाल विस्वकर्मा, युएईका अध्यक्ष बाबुराम विश्वकर्मा, ओमानका अध्यक्ष उमेश वि.क., ईजरायलका सचिव अनिरुद्र जोशी, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य र सचिव सागर पोखरेल, स्वीटजरल्याण्डका अध्यक्ष अच्युतप्रसाद फुयाल, जापानका अध्यक्ष हबलचन्द्र लामा, अष्ट्रियका अध्यक्ष धर्मराज खतिवडा र सचिव रविचन्द्र भट्टराई, डेनमार्कका अध्यक्ष उदयराज गौतम र सचिव कृष्ण धानुक, कतारका सचिव मोहन कार्की, साउदी अरेबियाका अध्यक्ष शिवराज जैसी र सचिव राजु खनाल, आयरल्याण्डका अध्यक्ष शुकमान लामा, कोरियाका दीलिप धिताल, बेल्जियमका अध्यक्ष जीतबहादुर लामा, नेदरल्याण्डका सचिव थानेश्वर गौतम, स्पेनका अशोककिरण न्यौपाने, अस्ट्रेलियाका सचिव प्रवीण कणेल, मकाउका सचिव मनोजकुमार धामी, अमेरिकाका सचिव प्रकाश अधिकारी, हङकङका अध्यक्ष जेबी ओख्राबु, स्वीडेनका अध्यक्ष मदन ढकाल कुवेतका सचिव मुनु भुजेल, मलेशियाका अध्यक्ष रमेशप्रसाद तिवारी र सचिव दयाराम कुमाल, फ्रान्सका सचिव सुमन पौडेल, रसियाका अध्यक्ष डा. मनमूर्ति भुर्तेल, इटालीका सचिव हरिभक्त काराखेती र नर्वेका सचिव सन्तोष भण्डारी रहेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश