काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उहाँले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।
पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराउनु भएको हो । आजै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहनुभएको थियो । कोरोना पुष्टि भएपछि उहाँले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उहाँ चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बस्नुभएको छ ।
उहाँले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनुभएको छ । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसक्नुभएको छ । उहाँहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित हुनुभएको हो ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान