
‘यो कस्तो माया बोलको’ म्यूजिक भिडियो सार्वजनिक
लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको यो कस्तो माया बोलको गीतमा निर्मित म्यूजिक भिडियो सार्वजनिक भएको छ । बेलायतमै छायांकन गरिएको भिडियो गत शनिबार सार्वजनिक भएको हो ।
अभिनेता ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको उक्त भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । ज्योति गुरुङको शब्द सृजनामा संगीत अर्जुन सुनमको छ ।
भिडियोमा पछिल्लो पुस्तामा देखिएको कथित मायाको विकृत रुप चित्रण गरिएको छ । वैँश छँदा प्रेम, रोमान्स गर्ने अनि स्वार्थ पुरा भएपछि वियोग जस्ता समाजमा देखिएका घट्नालाई जस्ताको त्यस्तै भिडियोमा देखाउन निर्देशक कुशल श्रेष्ठले प्रयास गरेका छन् ।
चोखो प्रेमको वाचा कसम खाएको प्रेमी अवैध गर्भधारण गराएर निर्दोष नारीलाई कतिसम्म पीडा दिन सक्छन् भन्ने कथा निर्देशक श्रेष्ठले भिडियोमा उतारेका छन् । एउटी नारी प्रेमीको भरपर्दा कुन हदसम्म अन्यायमा पर्छन् भन्ने अहिलेको सामाजिक यथार्थ चित्रण भिडियोले गरेको छ ।
सो भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठकै हो । निर्देशक श्रेष्ठले बेलायतबाट नै चलचित्र गीत र म्यूजिक भिडियो गरि ३ दर्जनबढी निर्माण निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
फेसबुक