लण्डन । ओैषधि निर्माता कम्पनी पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्वर्ट बोर्लाले यसैवर्षको अन्त्यसम्ममा अमेरिकी नागरिकहरुलाई कोरोना भाइरसविरुद्ध खोप दिलाउन सक्ने सम्भावना व्यक्त गरेका छन् ।
एनबीसीका अनुसार ओैषधि निर्माता कम्पनीले बृहत परीक्षणबाट प्राप्त गरेको तथ्यांक अक्टोबर महिनाको अन्त्यसम्ममा प्राप्त हुने र फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन (एफडीए) ले अनुमति दिए पीफाइजर करोडौँ प्रति ओैषधि उत्पादन गर्न तत्पर रहेको उनले बताएका छन् ।
महामारीका कारण अमेरिकी स्वास्थ्य अधिकारीहरु र ओैषधि निर्माताहरुले खोप उत्पादन प्रक्रियालाई द्रुत बनाएका छन् ।
पीफाइजरले ओैषधि निर्माणमा जर्मन ओैषधि निर्माता बायोनटेकसित सहकार्य गरेको छ ।
पीफाइजरले हालसम्ममा साढे १ बिलियन डलर लगानी गरिसकेको बोर्लाले बताएका छन् ।
पीफाइजर कोरोनाविरुद्ध खोप बनाउन अग्रपंक्तिमा रहेका तीन कम्पनीहरुमध्ये एक हो । पीफाइजरसँगै मोडर्ना र आष्ट्राजेन्का पिन अग्रपंक्तिमा छन् ।
शनिबार मात्र पीफाइजरले ३० हजारबाट ४४ हजार जनामा परीक्षण विस्तारका लागि एफडीएमा प्रस्ताव पेश गरेको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल