काठमाडौं । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । पत्रकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो ।
गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो । त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो । तर, त्यसरी कामदार आएर बसने होटल क्वारिन्टिन तय भएपछि तय भएका उद्धार उडानहरु स्थगित गरिएको हो । उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो ।
कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ ।
होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीको पत्रमा अनुरोध गरिएको छ । उडान स्थगित भएपछि दूतावासहरुले समेत उडान स्थगन भएको सूचना निकालेका छन् । नेपाल एयरलाइन्सले पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ ।

झण्डै एक लाख नेपाली अलपत्र
अहिले पनि करिब ८० हजारभन्दा बढी नेपाली विदेशमा उद्धारको प्रतिक्षामा रहेको दूतावासहरुको तथ्यांकले देखाउँछ । राजदूतहरुका अनुसार सरकारले उडान कटौती गरेपछि नै उनीहरुमा छटपटाहट देखिएको छ । झन सरकारले उद्धार उडान नै रोकिदिएपछि विदेशमा अलपत्र नेपालीहरु थप समस्यामा पर्ने भएका छन् ।
सरकारले सोमबारबाट कोटा तोकेर नियमित उडान गर्ने मिति तोकेको थियो । विदेशबाट नेपालीको उद्धारको प्रसंग उठेदेखि नै श्रम गन्तब्य मुलुकमा रहेका नेपाली दूतावासले चार्टर्ड उडान नगर्न सरकारलाई लिखित रुपमै आग्रह गरेका थिए ।
चार्टर्ड उडानले कामदारमाथि आर्थिक बोझ थप्ने र प्रक्रिया पनि झन्झटिलो हुने भएकाले सतर्कतासहित मापदण्ड बनाएर नियमित फ्लाइट नै खोल्नुपर्ने उनीहरुको माग थियो । तर, देशभित्र कोरोना जोखिम बढेको भन्दै नियमित उडान १५ दिन पर धकेलेको सरकारले विदेशबाट स्वदेश फर्काउनेको संख्यामा दैनिक ५०० कोटा तोकेपछि दूतावासमा नेपालीहरुको चाप बढ्दै गएको थियो । अहिले ‘उद्धार’को प्रतिक्षामा रहेका नेपालीहरु बिलखबन्दमा परेका छन् ।
यूएईबाटै झण्डै ३३ हजार नेपाली देश र्फकन पाउने आशामा छन् । त्यस्तै, कतारमा झण्डै १० हजार नेपाली प्रतिक्षा सूचीमा छन् । मलेसिया र साउदीमा झण्डै हजारभन्दा बढी नेपाली दूतावासले स्वदेश फर्काउन निकाल्ने सूचीमा आफ्नो काम कहिले पर्छ भनेर कुरिररहेका छन् । कुवेत, बहराइन, ओमान, लेबनान लगायतका देशमा पनि करिब १० हजार नेपालीहरु उद्धार पर्खिरहेका छन् ।

महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न