काठमाडौँ । कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्पनीले नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएका हुन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को यही साउन २५ गतेको विवरणअनुसार विभिन्न ३० मुलुकबाट भएको उद्धार उडानमार्फत ४८ हजार ८३२ नेपाली स्वदेश फर्किएका छन् । आज थप ८४९ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल फर्किएका यात्रुसहितको सङ्ख्या जोड्दा हालसम्म ४९ हजार ६८१ नेपाली स्वदेश फर्किएका हुन् ।
विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत धमाधम स्वदेश फर्काएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २३९ र दोहाबाट १५१ नेपाल काठमाडौँ ल्याएको छ ।
हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै फलाइ दुबई १५४ यात्रु नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालयको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले जनाएको छ । मङ्गलबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी ६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल