लन्डन । कोरोना (कोभिड-१९) संक्रमणका कारण नेपाल बाहिर अहिलेसम्म १८९ जना नेपालीहरुको ज्यान गएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपाल बाहिर विभिन्न मुलुकहरुमा बसोबास गर्ने १८९ जना र नेपालमा ५६ जना गरी २४५ जना नेपालीहरुको निधन भएको छ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण गत साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको संघले जनाएको छ । संघका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै अहिलेसम्म २५ जना नेपालीको ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले भने, ‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि यो साता भएको हो ।
भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् । यस्तै, गत साता दक्षिण अफ्रिकामा पहिलोपटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । यसैगरी युरोपेली मुलुक लक्जेमवर्गमा बसोबास गर्ने ३५ जना नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । एनआरएनए स्वास्थ्य समितिका अनुसार एक वैवाहिक वर्षगाँठमा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ ।
एनआरएनएका अनुसार अहिलेसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतार लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।
यसैबीच नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ । शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भएका छन् । नेपालीलाई सचेत रहन आग्रह गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ ।
समितिले स्पेन, बेल्जियम, बेलायत, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको छ । समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भावना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा मानिसहरु भेला हुने अन्य स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी