हरिद्वार । प्रख्यात योगगुरु बाबा रामदेवद्वारा सन्चालित पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरसको औषधि बनाएको कहिल्यै दावी नगरेको प्रष्ट पारेको छ ।
भारतको उत्तराखण्ड, हरिद्वारमा रहेको उक्त आयुर्वेदिक संस्थाले उत्तराखण्डको आयुष मन्त्रालयद्वारा मागेको जानकारीमा उक्त संस्थाले आफ्नो पुरानो दाबीलाई घुमाउरो पारामा फिर्ता लिँदै भनेको छ, “पतञ्जलीले कहिल्यै पनि कोरोना भाइरसको औषधि बनाएको दावी गरेको छैन । तर आफ्नो औषधिले कोरोना भाइरस सङ्क्रमित विरामी निको भएको बताएको हो ।”
आयुष मन्त्रालयद्वारा प्रदान गरिएको अनुमतिपत्र अनुसार औषधि बनाइएको जवाफ मन्त्रालयलाई पतञ्जलीका कार्यकारी प्रमुख आचार्य बालकृष्णले दिनुभएको हो ।
“हामीले तुलसी गिलोय अश्वगन्धाको आधुनिक तहको संयोजनबाट तयार गरिएको औषधि कोभिड–१९ को विरामीलाई क्लिनिकल परीक्षणका लागि दिइएको र यसको सेवनले उनीहरू निको भएका हुन् । तर हामीविरूद्ध षड्यन्त्र भएको छ यदि मन्त्रालयले परीक्षण गर्न भनेमा हामीले क्लिनिकल परीक्षणबाट आफ्नो दावीलाई पुष्टि गरिनेछ । हामी यसलाई सामना गर्न तयार छौँँ ।”
यसै महिनाको शुरूमा पतञ्जली आयुर्वेदले निम्स विश्वविद्यालयको सहकार्यमा कोरोनिल र स्वासारीवाती नामक औषधिको सार्वजनिक गर्दै यसले कोरोनाभाइरस सङ्क्रमित विरामी निको भएको दावी गरेको थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस