हरिद्वार । प्रख्यात योगगुरु बाबा रामदेवद्वारा सन्चालित पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरसको औषधि बनाएको कहिल्यै दावी नगरेको प्रष्ट पारेको छ ।
भारतको उत्तराखण्ड, हरिद्वारमा रहेको उक्त आयुर्वेदिक संस्थाले उत्तराखण्डको आयुष मन्त्रालयद्वारा मागेको जानकारीमा उक्त संस्थाले आफ्नो पुरानो दाबीलाई घुमाउरो पारामा फिर्ता लिँदै भनेको छ, “पतञ्जलीले कहिल्यै पनि कोरोना भाइरसको औषधि बनाएको दावी गरेको छैन । तर आफ्नो औषधिले कोरोना भाइरस सङ्क्रमित विरामी निको भएको बताएको हो ।”
आयुष मन्त्रालयद्वारा प्रदान गरिएको अनुमतिपत्र अनुसार औषधि बनाइएको जवाफ मन्त्रालयलाई पतञ्जलीका कार्यकारी प्रमुख आचार्य बालकृष्णले दिनुभएको हो ।
“हामीले तुलसी गिलोय अश्वगन्धाको आधुनिक तहको संयोजनबाट तयार गरिएको औषधि कोभिड–१९ को विरामीलाई क्लिनिकल परीक्षणका लागि दिइएको र यसको सेवनले उनीहरू निको भएका हुन् । तर हामीविरूद्ध षड्यन्त्र भएको छ यदि मन्त्रालयले परीक्षण गर्न भनेमा हामीले क्लिनिकल परीक्षणबाट आफ्नो दावीलाई पुष्टि गरिनेछ । हामी यसलाई सामना गर्न तयार छौँँ ।”
यसै महिनाको शुरूमा पतञ्जली आयुर्वेदले निम्स विश्वविद्यालयको सहकार्यमा कोरोनिल र स्वासारीवाती नामक औषधिको सार्वजनिक गर्दै यसले कोरोनाभाइरस सङ्क्रमित विरामी निको भएको दावी गरेको थियो ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी