जेनेभा । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् ।
कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्नसक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन ।
कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु
क्र.सं. देशहरु कूल संक्रमित निको भएका कूल मृत्यु
१. संयुक्तराज्य अमेरिका २४,६२,७०८ १०,४०,६०८ १,२४,२८२
२. ब्राजिल ११,९२,४७४ ६,४९,९०८ ५३,८७४
३. बेलायत ३,०६,८६२ – ४३,८८१
४. इटाली २,३९,४१० १,८६,१११ ३्४,६४४
५. फ्रान्स १,६१,३४८ ७५,१२७ २९,७३१
६. स्पेन २,९४,१६७ – २८,३२७
७. मेक्सिको १,९६,८४७ १,४९,३१८ २४,३२४
८. भारत ४,७४,२७२ २,७१,९३४ १४,९१४
९. इरान २,१२,५०१ १,७२,९६ ९,९९६
१०. बेल्जियम ६०,८९८ १६,७७१ ९,७२२
११. जर्मनी १,९३,२५४ १,७६,३०० ९,००३
१२. रसिया ६,१३,९९४ ३,७५,१६४ ८,६०५
१३. क्यानाडा १,०२,२४२ ६५,०९१ ८,४८४
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]