लन्डन । जनस्वास्थ्यविद्हरूको सुझावविपरीत विश्वका कतिपय दशे लकडाउन खुकुलो बनाउन हतारिएका छन् । अथर्तन्त्र सकटपूर्ण अवस्थामा पुगेपछि अधिकाशं देश लकडाउन खुकुलो गर्ने निणर्यमा पुगेको जनाइएको छ । बेलायतमा ९ सातादेखि जारी लकडाउन सोमबारबाट थप खुकुलो पारिएको छ । सरकारले जनजीवन सामान्य बनाउन आवश्यक भएको भन्दै विभिन्न योजनासहित निर्देशिका जारी गरेको हो ।
चरणबद्ध रूपमा लकडाउन खुकुलो गर्ने योजना अनुरुप प्राथमिक विद्यालय र खुद्रा पसल सञ्चालनमा ल्याइएका छन् । बेलायती सञ्चारमाध्यमका अनुसार सामेबार इग्ंल्यान्डका केही प्राथमिक विद्यालयहरू खुलेका छन । तर आधा भन्दा बढी अभिभावकहरूले बालबालिकालाई विद्यालय नपठाएको बीबीसीले जनाएको छ । त्यसैगरी, कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरी बढीमा ६ जनालाई सामूहिक भेटघाट गर्न दिइएको छ । सरकारी नियम उल्लघंन गर्नेलाई प्रहरी वा स्थानीय निकायले १ सयदेखी ३ हजार २ सय पाउन्डसम्म जरिवाना गर्ने जनाइएको छ । सुरक्षाको सुनिश्चित भए प्रतिस्पर्धात्मक खेलहरु बन्द वातावरणमा सञ्चालन गर्न सकिने जनाइएको छ । प्रतिस्पर्धा गरिने मिति भने सम्बन्धित खेल सस्थाले नै तय गर्न सक्नेछन् ।
यसअघि इग्ंल्यान्डवासीलाई घरबाहिर थप समय व्यायाम गर्न र पार्कमा बस्न पाइने नियम ल्याइएको थियो । साथै समुन्द्र वा राष्टिय निकुञ्ज भम्रण र गल्फ, टेनिस जस्ता खेल गतिविधि गर्न अनुमति पनि दिइएको छ ।मानिस कार्यालय गएर काम गर्न थालेका छन् भने निजी तथा सावर्जनिक सवारीसाधनको चाप पनि बढन् थालेको छ । पब,सिनेमाहल, हेयर डे्र्सर, जिम तथा फिटनेस क्लब भने जलुाई ४ अघि नखुल्ने जनाइएको छ ।
यसैवीच, ब्रिटिस सरकारलाई सल्लाह दिइरहका वैज्ञानिकहरूले भने लकडाउन हटाउदा, हुने जोखिम कायमै रहको चेतावनी दिएका छन् । प्राध्यापक जोन एडम्न्डसले लकडाउन खुकुलो पार्ने एउटा राजनीतिक निणर्य भएको बताएका छन् । त्यस्तै सर जेरमी फरारले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को टेस्ट र ट्रेस प्रणालीले पुरै काम गनर्पुर्ने सुझाएका छन् । बेलायतमा भाइरसका कारण ३८ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमितको सख्ंया २ लाख ७६ हजार नाघेको छ । (इकान्तिपुर)
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त