लण्डन । बहराइन मनामास्थितस्थित नेपाली दुतावासले कोरोना संक्रमण (कोभिड -१९) बाट विश्वभर मृत्यु हुने नेपाली र कोरोना संक्रमित व्यक्तिको बारेमा गैरआवासीय नेपाली संघले सार्वजनिक गर्दै आएको तथ्यांक ‘भ्रामक’ भएको बताएको छ ।
एनआरएनए आईसीसीको स्वास्थ्य समितिले सार्वजनिक गरेको कोरोना रिपोर्टमा तथ्यहीन तथ्यांक प्रस्तुत गरी सार्वजनिक गरेको भन्दै बहराइन मनामास्थित नेपाली राजदूतावासले आइतबार प्रेस विज्ञप्ति जारी गरेरै खन्डन गरेको हो । अन्य कारणले मृत्यु भएका ती व्यक्तिहरुलाई कोभिड-१९ बाट निधन भएको भनेर भ्रामक समाचार सम्प्रेषण गरिएकोप्रति दुतावासले आपत्ति जनाएको छ ।
कोरोना संक्रमणवाट उत्पन्न यस असहज अवस्थामा एनआरएनए जस्तो गरिमामय संस्थाले भ्रामक समाचारहरू संप्रेषण हुँदा मानसिक पीडा परेको दुतावासले उल्लेख गरेको छ । दूतावासले कुनै पनि संघ संस्थाबाट यस प्रकारका अपुष्ट तथा जनसमुदायमा भ्रम प्रसार हुने अशोभनीय सूचना सम्प्रेषण नगर्न सचेत समेत गराएको छ ।एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. संजीव सापकोेटाले अमेरिकाबाट विश्वभरका नेपालीहरुको कोरोना संक्रमणबाट मृत्यु र कोरोना संक्रमित संख्या बारेमा दैनिक तथ्यांक सार्वजनिक गरिरहेका छन् । सनिवार साँझसम्म डा. सापकोटाद्वारा जारी विज्ञप्तिमा बहराईनमा ‘तीन जनाको कोरोना संक्रमणका कारण निधन भएको समाचार सार्वजनिक गरिएको थियो । उक्त विज्ञप्तिलाई आधार मान्दै नेपाली मिडियाहरुले बहराइनमा तीन नेपालीको कोरोनाबाट मृत्यु भएको समाचार सम्प्रेषण गरेका थिए । दुताबासले जारी गरेको विज्ञप्तिमा ‘कोरोना संक्रमणकै कारण कुनै नेपालीको बहराइनमा निधन नभएको यस राजदूतावास स्पष्ट पार्दछ’ भनिएको छ ।
दुतावासले बहराइनी निकायबाट जारी सूचनालाई नै चुनौती दिने गरी नेपाली कामदारहरूको हकहित प्रवर्द्धन हेतु सञ्चालित संघ र संस्थाबाट भविष्यमा गलत सूचना प्रवाह नहोस् भन्नेतर्फ ध्यान दिन अनुरोध समेत गरेको छ ।
विश्वभर रहेका नेपालीहरुका बारेमा एनआरएनएले दिएको तथ्यांक आधारहीन भएको गुनासो डायस्पोराका नेपालीहरुले यसअघि नै गर्दै आएका छन् । विदेशमा रहेका नेपालीहरुका बारेमा तथ्यांक दिने आधिकारिक निकाय नभएकाले नेपाली मिडियाहरुले एनआरएनएको रिपोर्टलाई नै प्राथमिकताका साथ समाचारमा समेट्न बाध्य छन् ।
यसरी दुताबासबाट नै आधिकारिक रुपमा एनआरएनको नामै किटान गरेर विज्ञप्ति जारी हुनुले एनआरएनएले जारी गरेको पूरा रिपोर्टमाथि नै आशंका उत्पन्न गरेको छ । यसअघि बेलायतमा कोरोना संक्रमितको संख्याका बारेमा पनि हचुवाका भरमा रिपोर्ट बनाइएको आरोप एनआरएनएमाथि लागेको थियो ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी