काठमाडौँ । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा रहेका १० जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गएकामध्ये नेपाल सरकारले लकडाउन सुरु गरेदेखि २०७ जना श्रमिकको विदेशमा मृत्यु भएको छ र जसमा १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार हालसम्ममा संयुक्त अरब इमिरेट्स (यूएई)मा पाँच जना, साउदी अरेबियामा तीन जना, कतार र टर्कीमा एक/एक जना गरी १० जनाको कोभिड १९ कारण ज्यान गएको हो ।
कार्यकारी निर्देशक श्रेष्ठले कोभिड १९ कारण ज्यान गुमाएका सबैको परिवारसँग सहमति लिएर सम्बन्धित देशमा नै शवको अन्त्येष्टि गरिएको जानकारी दिए ।
कोभिडका कारण देश लकडाउनमा गएपछि विदेशमा ज्यान गएका नेपालीको शव अहिलेलाई नेपाल ल्याउन सम्भव छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै कोभिडका कारण ज्यान गुमाउनेको शव नेपाल ल्याउन कठिन हुने र गन्तव्य देशले पनि नदिने भएकाले गन्तव्य देशमै अन्त्येष्टि गर्नुको विकल्प नरहेको श्रेष्ठले बताए ।
बन्दाबन्दीले विदेशमा १९७ शव अलपत्र
बोर्डका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १९७ जनाको शव उतै रोकिएको छ । यस अवधिमा मलेसियामा ४४ जना, कुवेतमा ११ जना, बहराइन र दक्षिण कोरियामा तीन/तीन जना, सेलेल्स, ओमानमा एक/एक जनाको शव त्यतिकै पडेको छ । यस्तै युएइमा ४१, साउदीमा ४९, कतारमा ४० जनाको शव नेपाल आउन प्रतीक्षारतछ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल