सउल, (रासस) । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ ।
नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मङ्गलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताए उनका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ ।
इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो । कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।
हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो । कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो । यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको हो ।
दक्षिण कोरियामा पठनपाठन
कोरोना महामारीपछि बन् यहाँका विद्यालय पुनः सञ्चालन भएका छन् । कोरोना भाइरस केही साम्य हुन थालेपछि पहिलो चरणअन्तर्गत माध्यमिक तहका पठनपाठन बुधबारदेखि सञ्चालन भएका हुन् । पूर्वप्राथमिकदेखि अन्य तहका विद्यालय भने जुन ८ देखि सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताएको छ ।
गत फेब्रुअरीदेखि कोरोना भाइरसले महामारीको रुप लिएपछि सम्पूर्ण तहका विद्यालय बन्द भएका थिए । पुनः सञ्चालनमा आएका हरेक विद्यालयमा शिक्षक तथा विद्यार्थीको स्वास्थ्य निगरानी तथा सेल्फ आइसोलेसनलगायत कुरालाई बढी जोड दिइने बताइएको छ । ती विद्यालयमा शिक्षा मन्त्रालयले सात चेक प्वाइन्टसमेत उपलब्ध गराएको छ । विद्यालय खुलेर पठनपाठन शुरु भए पनि कोरियामा कोरोना भाइरस भने पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन ।
दुई हप्ताअघि सउल नजीकैको इथेवन बजारको एक रात्रि क्लबबाट सामूहिक सङ्क्रमणपछि कोरियामा सङ्क्रमण पुनः थपिएको छ । बुधबार मात्र ३२ नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको ११ हजार ११० पुगेका छन् । त्यसैगरी नौ हजारभन्दा धेरै निको भई घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने २६३ पुगेका छन् ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत