काठमाडौँ । सङ्गीतकर्मी कलाकारहरुको छाता सङ्गठन राष्ट्रिय सङ्गीतकर्मी सङ्घले कोरोना भाइरसको जोखिमका कारण खाद्यान्न सङ्कट भएका मजदुर, न्यून दृष्टियुक्त र अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरेको छ ।
सङ्घले ७०० बोरा चामल, ७०० केजी दाल, ७०० प्याकेट नुन र ७०० लिटर तेललगायत खाद्यान्न सामग्री उपत्यकाका चेपाङ बस्तीसहित विभिन्न स्थानका तीन हजारभन्दा बढी त्यस्ता व्यक्तिलाई वितरण गरेको सङ्घका उपाध्यक्ष अमृत खातीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घले शुरुमा चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री कार्यसमितिमा रहेका पदाधिकारीबाट व्यवस्थापन गर्दै आएको र पछि यहाँका समाजसेवी र विदेशमा बस्ने नेपालीको सहयोगबाट पनि राहत जुटाएर वितरण गरेको हो ।”
उपाध्यक्ष खातीले ‘विपद्मा भोको पेटमा केही राहत दिन पाउँदा हामी गौरवान्वित छौँ, सरकारलाई सहयोग गर्न हामी पनि साथमा छौँ’ भन्नुभयो । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष राजेन्द्र कार्कीले तीन समूह बनाएर दैनिक राहत वितरण गर्दै आएको बताउनुभयो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने