
काठमाडौं । कोभिड–१९ को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एकजुट भएका छन् । एनआरएनको आज बिहान पदाधिकारी तथा पूर्वअध्यक्षको विद्युतीय बैठकमा कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरिएको कार्यकारी निर्देशक हेमन्त दवाडीले जानकारी दिए ।
बैठकको अध्यक्षता गर्दै अध्यक्ष कुमार पन्तले कोरोना पीडित र नेपाल फर्किन चाहने नेपालीका सम्बन्धमा पूर्वअध्यक्षसँग परामर्श गरेका थिए । बैठकलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाल फर्केर आउने नेपालीलाई देशमा समायोजन गर्न आर्थिक रुपमा पनि तयार हुनुपर्नेमा जोड दिए । उनले कोरोना संक्रमणको महामारीबाट प्रभावितका लागि सहयोगार्थ अर्थ संकलन गरेर दीर्घकालीन कोष स्थापना गर्न सुझाव पनि दिए ।
पूर्वअध्यक्ष देवमान हिराचनले लकडाउनका कारण कृषि उत्पादनले बजार नपाउँदा कृषकले आर्थिक क्षति व्यहोर्नुपरेको बताए । पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि एनआरएनले थप सक्रियता देखाउनुपर्ने बताउँदै संस्थालाई अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्न सुझाव दिए । निवर्तमान अध्यक्ष भवन भट्टले संक्रमणमा परेका नेपालीको सहयोगमा आफ्नो र अर्को नभनी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
संघका उपाध्यक्ष डा बद्री केसीले वैदेशिक रोजगारीमा रहेका गैरआवासीय नेपालीका समस्या र स्वास्थ्यसम्बन्धी सामग्री खरीदमा भएको प्रगति विवरणबारे विस्तृत जानकारी दिए । संघका उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपालीले पठाएका स्वास्थ्य सामग्री वितरणमा सरकारी प्रक्रिया ढिलो नहुन आग्रह गर्नुभयो । अर्का उपाध्यक्ष मन केसीले कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीले भोगेको समस्याका बारेमा जानकारी दिए ।
एनआरएनका संस्थापक रामप्रताप थापाले नेपाली विद्यार्थीको मुख्य समस्यामा केन्द्रित रहेर संस्थालाई राहतको प्याकेज ल्याउनुपर्ने सुझाव दिए । प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वमा रहेका गैरआवासीय नेपाली समुदायका गतिविधि र समस्याका बारेमा आफ्ना भनाइ राखेका थिए । एनआरएनका कोषाध्यक्ष महेश श्रेष्ठले सबै राष्ट्रिय समितिलाई तीनतीन महिनामा आर्थिक प्रतिवेदन वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था गरिएकोजानकारी दिए । महिला संयोजक भूमा लिम्बूले विदेशमा रहेका नेपालीलाई खानबस्नको समस्या रहेको विचार व्यक्त गरे ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा