१.असहयोगी बिरामी : असहयोगी बिरामी (अन-कोअपरेटिभ)हरु हुन् । उनीहरु स्वास्थ्यकर्मीको सल्लाह र सुझावलाई अटेरी गर्ने, आफ्नो रोगको इतिहास लुकाउने गर्छन् । जस्तो मलेसियामा गर्भवती महिलाले आफूलाई कोभिड-१९ भएको कुरा लुकाएको, फिलिपिन्समा बिरामीले आफ्नो यात्रा बारेमा स्वास्थ्यकर्मीलाई जानकारी नगराउँदा नौ जना डाक्टरहरुले ज्यान गुमाउनु पर्यो ।
२. लामो कार्य अवधि : लगातार लामो समयसम्म कोरोनाको बिमारीसँग सम्पर्क गर्दा स्वास्थ्यकर्मीमा संक्रमणको खतरा बढेको देखिन्छ । स्पेनमा बिरामीको अनुपातमा स्वास्थ्यकर्मीको कमीले गर्दा बिना आराम बढी समय काम गर्नु पर्ने बाध्यता आइपर्याे । जसले गर्दा १० हजार भन्दा बढीमा स्वास्थ्यकर्मी संक्रमित भए ।
३. पिपिई (पर्सनल प्रोटेक्टिभ इक्यूमेन्ट): संसारभरी नै पिपिईको अभाव देखिकाले स्वास्थ्यकर्मीहरुले आफूलाई बचाउन सकेनन् । जसले गर्दा बढी संक्रमित भए । इटलीमा मास्क, ग्लोबको कमीले गर्दा हजारौँ संक्रमित भए । तर सिंगापुरमा संक्रमितको संख्या हिजो आज बढे पनि स्वास्थ्यकर्मीहरुमा संक्रमण भने न्यून रहेको छ । जसमध्ये ५ सय ८६ निको भइसेकेको र ९ जनाले ज्यान गुमाउनु परेको थियो ।
सिँगापुरमा अहिलेसम्म ४१ जना स्वास्थ्यकर्मीहरु कोभिड-१९ विमारीको सम्पर्कमा आएका र यी मध्ये ४ जनामा मात्र संक्रमण पाइएको छ । यसका प्रमुख कारणहरुमा महामारीको पूर्व तयारी, जसअन्तर्गत सिमुलाटिङ ट्रेनिङ, मास्क फिटिङ ट्रेनिङ, इन्फेक्सन कन्ट्र्रेल ट्रेनिङहरुको बेला-बेलामा आयोजना गर्नु, अत्यन्त सान्दर्भिक योजना, सभ्य राजनीति, प्रसस्त स्वास्थ्यकर्मीहरु परिचालन, सीमित कामको अवधि, सभ्य विमारीहरु र प्रसस्त पिपिई रहेका छन् ।
डा. माधव विष्ट
(इन्टरभेन्सनल कार्डियोलोजिष्ट)
नेशनल हार्ट सेन्टर सिंगारपुर (एनएचसिएस)
हाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
बिराटनगर, नेपाल
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण