काठमाडांै । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना टेष्ट किटसहितको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
एनआरएनए दक्षिण कोरिया शाखाले संकलन गरेको उक्त सामग्री सहयोगस्वरुप नेपाल सरकारलाई शुक्रवार हस्तान्तरण गरिएको हो ।
एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल पठाइएको अध्यक्ष कुमार पन्तले जनाए । ती सामग्री अगामी हप्तासम्म नेपाल सरकारमार्फत स्वास्थ्य केन्द्रमा पुग्ने संघले जनाएको छ ।
ती सामग्री मध्ये ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल, नुवाकोट ५ थान, धौलागिरी अंचल अस्पताल २२ थान र पर्वत जिल्लाअस्पताललाई ८ थान जानेछन । प्रति किट १० जना परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमुना परीक्षण गर्न र टेष्ट गरेको ३ घण्टामै नतिजा आउने बताइन्छ ।
यसैवीच, गैरआवासीय नेपाली संघ चीनको पहलमा ५ सय ५० वटा आईआर थर्मोमिटर, २० हजार वटा पीपीई सेट, १७ हजार ४ सय केएन ९५ मास्क, ४७ हजार डिस्पोजेबल मास्क र ४० लाख पञ्जा पनि एक दुई दिन भित्रै नेपाल पुग्ने जनाकारी अध्यक्ष पन्तले दिए ।
‘एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण चेक गर्ने हेल्थ किट खरीद गरि पठाउने निर्णय बमोजिम उक्त सामग्री नेपालको लागि कार्गो गरिएको एनआरएनएले जनाएको छ ।
एनआरएनए दक्षिण कोरिया र अभियन्ताहरु तथा त्यहाँस्थित संघसंस्थाहरुले तीन दिन सञ्चालन गरेको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो ।
कोरोना भाइरस संक्रमणको छोटो अबधिमै रिजल्ट दिने कोरियन किट नेपाल पठाउन केही ढिला भएको एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुबेदीले बताए ।
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय