स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई तत्काल कारवाही गर्न देउवाको माग


काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गर्नेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसंग माग गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले त्यस्तो माग गरेका हुन्  ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य छैन । यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।”

यस्तो छ देउवाले जारी गरेको विज्ञप्ति:

प्रतिक्रिया

सम्बन्धित सामाग्री