काठमाडौँ । नेपालका ताजा समाचार र फिल्म हेर्न तथा गीत सुन्न पाइने मोबाइल एप ‘नेपाल अन डिमान्ड’ का सबै सेवा हालका लागि स्थगित गरिएका छन् । संसारभरि छरिएका नेपालीहरुलाई गीत, संगीत र सूचना तथा समाचारबाट मातृभूमिसंग जोड्ने उद्देश्यले म्युजिक नेपाल प्रालिले उक्त एप सार्वजनिक गरेको हो।
“कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले हामीलाई कार्यालयमै गएर काम गर्न गाह्रो भयो। त्यसैले अहिलेको असहज परिस्थितिलाई ध्यानमा राखेर उक्त मोबाइल एपबाट दिइँदै आएका सेवा अहिलेका लागि स्थगित गरेका छौं,” म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्माले भने । “अहिलेको असहज परिस्थितिमा सुधार आउनासाथ हामीले हाम्रो सेवा तत्काल शुरु गर्ने छौं । यसबाट हाम्रा ग्राहकहरुमा पर्न गएको असुविधाका लागि हामी दुःख व्यक्त गर्दछौं,” उनले भने ।
नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको म्युजिक नेपालले शुरुमा प्रति महिना ७.९९ पौण्ड शुल्क राखेकोमा ब्रिटेनमा बस्ने नेपालीहरुको चाहनालाई ध्यानमा राख्दै शुल्क घटाएर मासिक २ पौण्ड राखेको जनाएको थियो ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा