‘नेपाल अन डिमाण्ड’ अहिलेका लागि स्थगित

काठमाडौँ । नेपालका ताजा समाचार र फिल्म हेर्न तथा गीत सुन्न पाइने मोबाइल एप नेपाल अन डिमान्ड’ का सबै सेवा हालका लागि स्थगित गरिएका छन् । संसारभरि छरिएका नेपालीहरुलाई गीत, संगीत र सूचना तथा समाचारबाट मातृभूमिसंग जोड्ने उद्देश्यले म्युजिक नेपाल प्रालिले उक्त एप सार्वजनिक गरेको हो।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले हामीलाई कार्यालयमै गएर काम गर्न गाह्रो भयो। त्यसैले अहिलेको असहज परिस्थितिलाई ध्यानमा राखेर उक्त मोबाइल एपबाट दिइँदै आएका सेवा अहिलेका लागि स्थगित गरेका छौं,” म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्माले भने । अहिलेको असहज परिस्थितिमा सुधार आउनासाथ हामीले हाम्रो सेवा तत्काल शुरु गर्ने छौं  । यबाट हाम्रा ग्राहकहरुमा पर्न गएको असुविधाका लागि हामी दुःख व्यक्त गर्दछौं,” उनले भने ।

नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको म्युजिक नेपालले शुरुमा प्रति महिना ७.९९ पौण्ड शुल्क राखेकोमा ब्रिटेनमा बस्ने नेपालीहरुको चाहनालाई ध्यानमा राख्दै शुल्क घटाएर मासिक २ पौण्ड राखेको जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री