सोमबार, चैत १७ २०७६ | Mon, March 30, 2020
नेपालको समय: २२:२५ | UK Time: 17:40

भिजिट नेपाल २०२० का वैदेशिक कार्यक्रम स्थगित !

विनेपाली
२०७६ फागुन १७ गते ६:३५


काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले ‘भिजिट नेपाल २०२०’ का वैदेशिक कार्यक्रम स्थगित गरेका छन् ।
चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव विश्वभर फैलिएछि भट्टराईले ‘भिजिट नेपाल २०२०’ विदेशमा प्रचार गर्ने औपचारिक कार्यक्रम स्थगित गरेका हुन् । सरकारले पर्यटन बोर्डमार्फत विदेशका दूतावासमा कार्यक्रम गरेर लाखौं खर्च गर्दै आएको छ ।

शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराईले आन्तारिक पर्यटन सम्बन्धि प्याकेज मन्त्रालयले केही सातामै सार्वजनिक गर्ने जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएको छ । कोरोनाकै कारण अहिले यूरोप, अमेरिका र मध्यपूर्व सन्त्रासमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक