शुक्रबार, फागुन १६ २०७६ | Fri, February 28, 2020
नेपालको समय: १०:०६ | UK Time: 04:21

प्रेम

गजल

- डा बच्चु कैलाश कैनी
२०७६ फागुन २ गते २०:४७
Dr Bachhu Kaini

डा बच्चु कैलाश कैनी

प्रकृतिलाई हेर जताततै झल्कन्छ प्रेम

यहाँ सद्भाव र करुणामा टल्कन्छ प्रेम ।

माया र विश्वासमा टिकेको छ संसार

रिस र घृणामा आगो बनेर सल्कन्छ प्रेम ।

माने सबै आफ्नो हुन्छन् नमाने सबै पराई

सबलाई माया गर त्यहाँ छल्कन्छ प्रेम ।

नि:स्वार्थ भई कसैलाई आफ्नो बनाए

न्यानो र चोखो मायामा सधैं पल्कन्छ प्रेम ।

माया दिएर र लिएर कहिले सकिंदैन्

अथाह छ जति बाँड्यो उति तन्कन्छ प्रेम ।

फागुन २, २०७६ (१४ फेव्रुवरी २०२०)
डार्टफोर्ड, बेलायत ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक