अहिले केही दिन आगाडि बाहिरिएको गायिका आस्था राउतको सिसीटिभी फुटेजले बजार तातेको अवस्था छ । फुटेज हेरेपछि धेरै प्रतिकृया आए । नेपालमा के हुनु पर्दथ्यो वा अब के हुनु पर्छ त्यो त थाहा भएन । तर, त्यो घट्ना यहां लन्डनमा हुन्थ्यो भने त्यो फुटेजको बांकी भाग कस्तो हुन्थ्यो म अनुमान लगाउन सक्छु ।
आस्था एयरपोर्टको सेक्युरिटीबाट हतारिंदै भित्र छिर्न खोज्नु नै उनलाई शंकाको नजरले हेर्न पर्याप्त हुन्छ । उनी अत्यन्त संवेदनशील ठाउंमा सुरुमै त्यति मद्दत गर्ने मुडमा नहुनु उनको गल्ती हुन्छ । कफी छोड्ने र उत्तेजित हुंदा ति प्रहरीले अरु प्रहरी लाई बोलाउने थिइन् र उनले नमानेपछि बल प्रयोग गरी रोक्ने प्रयास प्रहरीले गर्दथ्यो । जति मान्छे भड्किन्छ ,उति उसलाई पक्रनका लागि बढि आधार बन्दै गर्छ । यता कोही पनि भलाद्मी मान्छे आफूलाई जति नै हतार भए पनि नियम मिच्ने कल्पना गर्दैन् । नियम पालना नगर्ने ब्यक्ति सन्देहित ब्यक्तिमा पर्दछ र उसलाई पच्छाउन चाहे त्यो सिसीटिभी होस् या सेक्युरिटी गार्ड होस् या पुलिस सबैलाई छुट छ र पछ्याउनु पनि उनीहरूको मुख्य काम हो ।
हो सर्वसाधारणलाई पच्छाउनु चाहिं सेक्युरिटी गार्डले होस्, वा पुलिस या सिसीटिभी क्यामेराले, त्यो उत्पीडनमा पर्दछ । तर, शंका गर्ने आधार त्यो पच्छाउने अधिकारीले बताउन सक्छ भने उ अत्यन्त राम्रो कर्मचारी मानिन्छ । त्यसैले अनुमान गर्न सकिन्छ, ति महिला प्रहरी आफैंले अरु प्रहरीलाई बोलाउने थिइन् या सिसीटिभी कन्ट्रोल रुमबाट नै प्रहरीलाई सम्पर्क गरी थप प्रहरी बोलाउने काम गरिन्थ्यो । जबसम्म प्रहरी त्यहां आइपुग्दैनन् तबसम्म उनलाई पछ्याउने काम हुन्थ्यो ताकि प्रहरीलाई उनको स्थान पत्ता लगाउन सजिलो होस् । त्यो फुटेजमा देखिए अनुसार उनी शान्त हुने छांटकांटमा देखिन्नन्, त्यो अवस्थामा प्रहरीले बलपूर्वक उनलाई हत्कडी लगाउंथ्यो । उनले केही लुकाएर ल्याउन खोजेर हतार गरेकी रहिछन् कि भनेर उनलाई राम्रोसंग चेकजांच गर्न उनका सामानसहित प्रहरीको भ्यानमा लैजान्थ्यो र बांकी प्रहरीले प्रत्यक्षदर्शीसंग सोधपुछ गर्ने काम हुन्थ्यो । सुरक्षाजांचमा असहयोग गरेको अभियोगमा उनलाई थुनामा राख्न पनि सक्थ्यो ।
अब त्यो भिडियोको कुरा गरौं । वास्तवमा त्यो भिडियो सार्वजनिक हुने सम्भावना कल्पना पनि गर्न सकिन्न । त्यो फुटेज सिसीटिभी कन्ट्रोल रुममा पनि लाइसेन्स प्राप्त कर्मचारीले काम गर्ने प्रकृयामा देख्छन्, प्रहरीले अनुसन्धानका लागि हेर्न पाउंछन् र अदालतमा बसेका न्यायधिश वा जुरी सदस्यहरुले छानबिनका लागि हेर्न पाउंछन् । यी कुराहरु सम्बन्धित अधिकारी बाहेक अरुलाइ थाहा हुंदैन र व्यक्तिगत सूचना थाहा नदिन कानूनले बांधेको हुन्छ । आस्था बाहेक अन्य व्यक्ति (यात्रुहरू) को व्यक्तिगत गोपनीयता पनि पर्ने हुनाले सिसि टिभी फुटेज बाहिरिंदैन् (अत्यन्त संवेदनशील बाहेक) ।
अर्को मान्यता यहां के छ भने कोही पनि स्पेशल हुंदैन । बच्चाबेला देखिनै त्यो मान्यता हुर्किएको हुन्छ । सबैले आफ्नो क्षमता अनुसार काम गर्छन् र कामनै सर्वोपरि हो । हो, उसको कार्य क्षेत्रमा उ स्पेशल हुन्छ तर जहां पनि होइन् । गायक गायिका आफ्नो श्रोताका लागि स्पेशल होला वा उसको प्रतिभालाई निखार्न राज्यले लगानी गर्ला । तर, अन्यत्र सबै बराबर मानिन्छ । पेशाको आधारमा कसैलाई बढि छुट हुनुपर्छ भन्ने सोच पनि हुंदैन ।
हो उपभोक्ताले पैसा तिरेर सुविधा किन्न भने पाउंछन् । यहां पनि पैसा तिरेर बोर्डिङ स्कुल पढ्ने, पैसा तिरेर प्राइभेट अस्पतालको सुविधा लिने चलन छ । त्यस्तै पैसा बढि तिरेर एअरपोर्टमा ‘फास्ट ट्रयाक’ बाटोबाट चेक इन हुन पाउंछन् । स्पेशल देखिनेहरुले त्यसका लागि पैसा तिरेका हुन्छन् भन्ने थाहा हुन्छ । त्यो बाहेक स्पेशलमा पर्ने शारीरिक अशक्त भएका रोगी, बुढाबुढी, केटाकेटी, गर्भवती, साना बच्चा सहितका बाबुआमा पर्दछन् ।
यो बहिरिएको भिडियोले के देखायो भने नेपालमा बिगत दश वर्षमा देखिएको परिवर्तनले केबल रुप फेरेको रहेछ । मानसिकता त फरक रुपमा झन झ्याङिदै गएको भान भयो । २०४६ साल पहिले दरबारिया, पञ्चायतका आसेपासे स्पेशल हुन चाहन्थें, स्पेशल हुन नपाए आक्रोशित भएर सजाय दिंन्थे । २०४६ को लोकतन्त्रमा यो राजनीतिक नेता र कार्यकर्तामा सरयो, उनीहरु पनि आफूलाई स्पेशल मान्न थाले सुविधा भोग गर्न । अब गणतन्त्रमा नेता, हाकिम, कलाकार, विभिन्न संघसंस्थाका पद पाएका ब्यक्ति, डाक्टर, इन्जिनियर, पत्रकार, अरु अरु थपिएछन् ।
केही महिनामात्र अगाडि सुनेको कुरा हो अष्ट्रेलियाबाट आएका नेपालीले एअरपोर्टका कर्मचारीलाई दुरव्यवहार गरे । हुनसक्छ उनलाई लागेको म त विकसित देशमा बसेकालाई पनि उहीं नियम लगाउने म त स्पेशल हो नि ।
तर, सर्वसाधारण त जहांको त्यहीं । स्पेशलको क्याटोगोरी थपेर संख्या बढाएर मात्र देशमा लोकतन्त्र आएको मान्नु भन्दा स्पेशललाई सर्वसाधारणको जस्तै ब्यवहार हुनुपरयो भन्ने माग राख्न सक्नु परयो । कसैलाई स्पेशल चाहिन्छ भने किनुन न विदेशमा जस्तै राज्यको ढुकुटी पनि बढ्छ । अथवा रोगी, बुढाबुढी, केटाकेटी, अशक्त हुनुपरयो । होइन भने सर्वसाधारणको मुल्यमा स्पेशलको सुविधा खोज्ने सोचको अन्त्य हुनुपर्छ लोकतन्त्रमा र सबैखाले कामको उत्तिकै सम्मान हुनुपर्छ । सबैले नितान्त आफ्नै लागि आफ्नो क्षमता र परिवेश अनुसार काम गर्छन् भन्ने बुझाइ हुन जरुरी छ ।
दीपा, लन्डन
(लेखिकासंग विगत १० वर्षदेखि लन्डन बरोमा सिसिटिभी कन्ट्रोल रुममा काम गरेको अनुभव छ)
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा