लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा नेपालमा दोश्रो बिज्ञ सम्मेलन गर्ने भएको छ । सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।
पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुंदा महंगो दर्ता शुल्क भएको आलोचना भएपछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले बताए । काठमाण्डौं विश्वविद्यालयमा सम्मेलन गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास शर्माको छ ।
यसैबीच संघको एक टोलीले बुधवार काठमाडौं विश्वविद्यालयका उपकुलपति, डिनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसंग छलफल गरेको छ ।
छलफलमा काठमाडौं विश्वविद्यालयका भिसी प्रोफेशर डा. रामकण्ठ मकाजु श्रेष्ठ, डिनहरु प्रोफेशर महेश पराजुली, सागरराज शर्मा, डा. हेम राज काफ्ले लगायतको उपस्थिति थियो ।
संघका पदाधिकारीसहित काठमाण्डौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलन उपलब्धिमुलक बनाउन घनीभूत छलफल गरेको थियो ।
संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, महिला संयोजक भूमा लिम्बु, डा. हेमन्त डवाडी, श्रीराम घिमिरे लगायतको उपस्थिति थियो ।
यसअघि संघले एनआरएन बिज्ञ सम्मेलनबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत नेपाल सरकारका उच्चअधिकारीसंग छलफल गरेको थियो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै