
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खाहरुका माग सम्बोधन गर्ने संकेत गरेको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भूतपूर्व ब्रिटिस गोर्खाहरुका समस्या वार्तामार्फत समाधान गर्ने प्रतिवद्धता जनाएकी हुन् । बिहीबार संसद्को
अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलसंगको भेटमा उनले यस्तो बताएकी इकान्तिपुरले जनाएको छ ।
भूतपूर्व गोर्खाहरुले समान पेन्सनका लागि लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
समितिका सचिव सुरजकुमार दुराका अनुसार सभापति खरेल र राजदूत पोलिटबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धको विषयमा कुरा भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको पहिलो मुलुक बेलायत हो । नेपालले सन् १८१६ देखि बेलायतसंग द्विपक्षीय कूटनीतिक सम्बन्ध राख्न थालेको हो ।
राजदूत पोलिटले दुई मुलुकबीचको संसदीय सम्बन्धको बारेमा पनि सभापति खरेलसंग कुरा गरेकी थिइन् । राजदूत पोलिटले नेपाल सरकारले चैतमा नेपालमा गर्न लागेको सगरमाथा संवाद र बेलायतले नोभेम्बरमा गर्न लागेको ‘कोप-२६’ को बारेमा पनि कुरा राखेकी थिइन् । नेपालले पहिलो पटक आयोजना गर्न लागेको सगरमाथा संवादमा यस पटक जलवायु सम्बन्धमा छलफल हुंदैछ भने कोपमा जलवायु परिवर्तनको सम्बन्धमा छलफल हुने गर्छ ।
राजदूत पोलिटले सगरमाथा संवादमा बेलायतकातर्फबाट मन्त्रीस्तरमा सहभागिता हुने पनि प्रतिवद्धता व्यक्त गरिन् । उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई आफ्नो मुलुकले पूर्ण रुपमा सहयोग गर्ने बताएको पनि समाचारमा उल्लेख छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण