लन्डन । डेबिट क्रेडिट कार्ड र इन्टरनेटले भुक्तानी सहज हुंदै जांदा बेलायतको एउटा बैंकले नयां बायोमेट्रिक प्रविधि विकास गरेको छ ।
रोयल बैंक अफ स्कटल्याण्डले १०० पाउण्डसम्मको कारोबारका लागि कार्ड वा मोबाइल फोन नचाहिने गरि बायोमेट्रिक प्रविधि विकास गरेको हो ।
उक्त बैंकले ग्राहकको औंला छाप (फिङ्गर प्रिन्ट) ले कारोबार प्रमाणित हुने गरि बायोमेट्रिक फोब (सानो डब्वा) को सफल परिक्षण गरेको छ । उक्त फोब सांचोको झुप्पामा हाल्न सकिन्छ र चाहेको बेला भुक्तानी दिन फिङ्गर प्रिन्ट हाल्न मिल्ने गरि डिजाइन गरिएको छ । यस प्रविधिको विकासले बढ्दो रुपमा भइरहेको चोरी तथा अनैतिक गतिविधि (फ्रड) नियन्त्रण हुने विश्वास गरिएको छ ।
रोयल बैंक अफ स्कटल्याण्डले यस प्रविधिको सफल परिक्षण भएको जनाए पनि कहिले देखि आमग्राहकले सुविधा पाउने हुन् भन्नेबारे केही बताएको छैन् । जर्मनीमा अवस्थित जिसेक डिभिरेन्ट मोबाइल सेक्युरिटी कम्पनीले यस प्रणालीबारे काम गरिरहेको छ ।
हाल भइरहेको कन्ट्याक्ट लेस तथा पिन नम्बर भुक्तानी प्रणालीको दुरुपयोग अत्यधिक भइरहंदा फिङ्गर प्रिन्ट प्रविधिले निकै सुधार गर्ने अपेक्षा बैंकले गरेको छ । प्रत्येक मानिसको फिङ्गर प्रिन्ट अलग हुने र यस्तो प्रविधिले अपराधिक क्रियाकलाप कम हुने लन्डनका अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बताउंछन् ।
बढ्दो बैंकिङ प्रविधिले गर्दा पश्चिमी देशहरुमा नगद कारोबार घट्ने क्रममा छ । पहिलो भुक्तानी कार्ड सन् १९५० मा अमेरिकामा डाइनर्स क्लबको नामबाट शुरु भएको थियो । पछि सन् १९५८ मा अमेरिकन एक्सप्रेस आयो । यी दुवै चार्ज कार्ड थिए जहां महिनाको अन्तिममा ग्राहकले पुरा रकम भुक्तानी गर्नुपर्दथ्यो । तर यो कार्डलाई त्यसबेला क्रेडिट कार्ड भनेर चिनिन्थ्यो । सन् १९७३ मा पहिलो इलेक्ट्रोनिक कारोबारको प्रमाणिकरण अमेरिकाको क्यालिफोर्नियास्थित भिजा डेटा सेन्टरमा भएको थियो ।
सन् १९७५ मा फ्रेन्च आविष्कारक रोनाल्ड मोरेनोले चिप कार्डको विकास गरेका थिए जसलाई स्मार्ट कार्ड भनेर पनि चिनिन्छ । यसले बैंकिङ क्षेत्रमा माइक्रोप्रेसेसर गर्न ठूलो परिवर्तन ल्यायो । फ्रान्समा सन् १९९२ मा यस्तो प्रविधि डेबिटकार्ड प्रयोगका लागि अनिवार्य बनाइयो । बेलायतमा भुक्तानीका लागि चिप र पिन कार्ड सन् २००४ मा शुरुवात सरि सन् २००६ देखि अनिवार्य बनाइएको थियो । यस्तो प्रविधिले ग्राहकको हस्ताक्षर सजिलै नक्कल गरि दुरुपयोग हुने जोखिम धेरै कम गरेको छ । तर, न्यून भएपनि सजिलै दुरुपयोग पनि भइरहेको छ । इन्टरनेट विकासले गर्दा कार्ड भुक्तानीमा वायरलेस तथा कन्ट्याक्ट लेस सिस्टम विकास भएको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक