लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको गत सेप्टेम्बरमा निर्वाचन हुँदा समाज करिब करिब दुई ध्रुवमा बांडियो । पूर्व अध्यक्ष योगकुमार फगामी र अध्यक्षमा पराजित शेरबहादुर सुनार नै एकबाट दुई हुन पुगे ।
तत्कालिन अध्यक्षका उम्मेदवार कृष्ण तिमल्सेना (हाल यूरोप उपसंयोजक) लाई पराजित गर्न फगामीको साथ दिंदै एक ठाउँमा उभिएका सुनार र फगामी दुई नदीका किनार जस्तै भएपछि समाज विभाजन झनै बढेर गयो । त्यसको बाछिटा एनआरएनए यूकेको करिब तीन महिनाअघि सम्पन्न निर्वाचन सम्म आईपुग्दा अध्यक्षका प्रत्यासी सुनार र पुनम गुरुङको नाममा विभाजित भयो ।
त्यसवीचमा सधैं निर्वाचन चाहने र त्यही निर्वाचनलाई उपयोग गरी दुई चार पैसा गोजीमा हाल्ने तथा समाजमा शक्तिशाली भएको भ्रम छर्ने (केही बदनाम व्यक्तीहरु) को प्रवेशले विभाजन झन फराकिलो भयो । जसको असर अहिलेसम्म जारी छ । एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले हालै वीनेपाली डटकममा एक आलेखमार्फत ‘एनआरएनए साझा मानौं’ भनेर अनुरोध गर्नुभएको रहेछ । त्यो आलेख अध्ययन गरेपछि मेरो मनमा केही प्रश्नहरु जन्मिए ।
पत्रकार, कवि, साहित्यकार इत्यादिका रुपमा परिचित भट्टराईजीलाई लेख्न र भाषण गर्न जति सजिलो छ, समाजलाई एकताको सूत्रमा बाध्य निकै गाह्रो छ भन्ने कुरा थाहा नभएको होइन । भट्टराईजी महासचिव पदमा निर्वाचित भएबाट नै नेपालमा जान डेलिगेटसका नामहरु तीनपटक भन्दा बढी परिवर्तन भए । जबकी तपाईं स्वयंले औपचारिक रुपमा बुझबुझारथ गर्नु भएको थिएन । आँफैले गलत परम्पराको सुरुवात गरेर समाज विभाजनको रेखालाई तन्काउने काम शुरु गर्नु भएको थियो । त्यो कसको स्वार्थमा भए ? तपाई पहिला जवाफ दिनु पर्ला अनि तपाईंसँगै चुनावी मैदानमा भएका र तपाई आँफैले चुनावताका भोट मागेका बेलायती नेपाली समुदायका अग्रजहरुको नाम काटेर केही स्वार्थी मानिसका इसारामा कुन हातले ति व्यक्तिहरुका नाम काट्नु भयो ? त्यो कसको स्वार्थमा थियो । त्यो पनि सार्वजनिक रुपमा प्रस्ट पार्नुहोस् ।
एनआरएनएलाई साझा संस्थाका रुपमा विकास गर्नु त्यसको निर्णय पारदर्शीताका कुराहरु आउँछन् । अहिलेसम्मका तपाईहरुका गतिविधि हेर्दा पारदर्शी भन्दा अपारदर्शी निर्णयहरु धेरै भएका छन् । अनि यहाँको समाजले तपाईको टिमले नेतृत्व गरेको एनआरएनएलाई कसरी साझा मान्ने ?
पछिल्ला केही दृष्टान्तलाई हेर्नुहोस् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) पहिलो बैठकले पहिलो चरणमा अध्यक्षमा पराजित कुल आचार्य, एनआरएनए अभियन्ताहरु विश्वआदर्श पण्डित र सोम सापकोटालाई सल्लाहकार मनोनयन गर्दा एक थान विज्ञप्ति जारी गर्न तपाईंका हात किन चलेनन् ? तपाईंलाई निर्वाचनमा सहयोग गरेनन् भनेर कि निर्वाचनमा सहयोग गर्नेसँग वोलचाल बन्द थियो भनेर । कि अरु नै कारण थियो ?
तर, गत साता एनआरएनए आइसीसीले भक्त गुरुङलगायत ८ जनालाई विभिन्न पदमा मनोनयन गर्दा औपचारिक पत्राचार प्राप्त नभई किन हतारिएर विज्ञप्ति निकाल्नु भयो । यसको मतलव तपाईंलाई चुनावमा सहयोग गर्नेले नियुक्ति पाउँदा मात्र विज्ञप्ति आउने हो ? होइन भने पहिलो ढिलो विज्ञप्ति आएकोमा क्षमा याचना गर्नुहोस् । यस्तो भन्दा यो लेखकलाई आचार्य वा पण्डितका मान्छे भएको आरोप नलागोस् । मैले भन्न खोजेको कुरा समान व्यवहार र आत्मसम्मानको हो । एनआरएनएलाई साझा बनाउने हो भने सबैले अपनत्व ग्रहण गर्न सक्ने व्यवहार प्रस्तुत गर्न सक्नुपर्छ । त्यो भोली तपाईंमाथि पनि लागू हुन सक्छ । नत्र कुन मापदण्डमा फरक फरक व्यवहार गरियो स्पष्ट पारिदिनुहोस् ।
त्यस्तै, पूर्व कोषाध्यक्ष सचिन श्रेष्ठले कोषको रकम स्पष्ट पार्न नसकेको र धेरै हिनामिना भएको खवर बाहिर आएको छ । त्यस बारेमा एनआरएनएले कहिलेसम्म स्पष्ट हिसाव सदस्य सामु ल्याउँछ मिति तोक्नुहोस् ।
अनि, एनआरएनए यूकेको बैठकले कोअप सदस्यमा कुन मापदण्डका आधारमा सदस्यहरु र प्रवक्ता नियुक्ति गरेको हो बेलायतस्थित नेपाली समुदाय जान्न चाहन्छन् । उपाध्यक्ष पराजित मानिस को-अप सदस्यमा मनोनयन तर महिला अध्यक्ष भएको बेला एक जना पनि महिला मनोनयनमा नपर्ने कस्तो विडम्बना ? यस्तो एनआरएनएलाई महिलाले कसरी साझा मान्न सक्लान् ? एनआरएनए यूके अध्यक्ष पद महिलाले पाउँदा महिलाहरु सामाजिक संस्थामा आउन सजिलो हुन्छ भनेर दैनिक भाषण गर्नु हुन्थ्यो । पुनम गुरुङ एनआरएनए अध्यक्ष भएपछि गरिएका मनोनयनमा कति जना महिलाले अवसर पाए कृपया सार्वजनिक गरि दिनुहोस् ।
यूकेदेखि केन्द्रसम्मका महत्वपूर्ण निर्णय लिंदा जाति र लिङगलाई ध्यान दिनु पर्दैन ? के यसै गरि चलिरहेको एनआरएनए यूकेलाई सबैले साझा बुझ्नु पर्ने हो वा तपाईंहरुले जे गरे पनि दुई हातले ताली बजाएर समर्थन गरेर साझा भयो भन्नुपर्ने हो ? कृपया झर्को नमानी जवाफ दिनुहोला ।
एकातिर संगठनको स्रोत सदस्यलाई मान्ने, अर्कातिर अध्यक्ष र महासचिवले बिना बैठक खल्तीबाट निकट व्यक्तिलाई पदको टिका लगाउने र सिफारिस गर्ने दोहोरो कुरा बन्द हुनुपर्छ । पहिलो पटक महिलाले नेतृत्व गर्दा कम्तिमा एक जना महिला मनोनयनमा पर्दा एनआरएनए यूकेलाई के घाटा हुन्छ ? त्यो पनि बताइदिनु हुन्छ कि ?
बेलायत जस्तो मुलुकमा नेपाल सरकारको प्रतिनिधि दूताबास यहीं छ । एनआरएनए मात्र आधिकारिक संस्था हो भन्ने भ्रम महासचिवजीले पाल्न जरुरी छ जस्तो लाग्दैन् । यो पंक्तिकार कुनै पद वा मनोयनको दावेदार भने पटक्कै होइन । तर, संस्था साझा बनाउने हो भने सबैसँग छलफल गर्नुहोस् । हातेमालो गर्नुहोस् अनि साच्चै एनआरएनएलाई साझा मानौंला ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा