लन्डन । आज डिसेम्बर २५, विश्वभरका करिब २.१ बिलियन क्रिश्चियन धर्मावलम्वीहरुले आफ्नो प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व ‘क्रिसमस’ मनाउंदैछन् । ब्रिटिश इसाईहरु पनि वर्षकै सबैभन्दा ठूलो पर्वको माहोलमा रमेका छन् । उनीहरु मध्यरातमा प्रार्थना, जिजस क्राइस्ट जन्मेको अवस्था झल्काउने नाटक आयोजना गरि आफ्ना परिवारजनसंगै खाना खाएर, उपहार सांटेर क्रिसमस मनाइरहेका छन् । यो बेला टर्की, मिन्स पाइ, क्रिसमस पुडिङ खुब खाइन्छ ।
बेलायतमा सन् १८३४ देखि क्रिसमसका दिन सार्वजनिक बिदा दिने प्रचलन शुरु भएको हो । सरकारी कार्यालय, स्कुल र विश्वविद्यालय बन्द छन् । क्रिसमसका दिन बेलायतमा कुनै पनि सार्वजनिक सवारी साधन चल्दैनन् । अत्यावश्यक सेवाहरु जस्तै अस्पताल, एम्बुलेन्स, अग्नी नियन्त्रक भने आंशिक चल्छन् । सडक, व्यापारिक तथा सरकारी भवनदेखि व्यक्तिगत घरसम्म क्रिसमस रुख राखेर सजाइएको छ । हाउस पार्टी भइरहेका छन् ।
प्रत्येक वर्ष बेलायती शाही परिवारले रानीको नरफोक घर स्यान्ड्रिङहाम हाउसमा क्रिसमस मनाउने गर्छन् । सन् १९६० को दशकमा शाही सदस्यहरुमध्ये केही केटाकेटी नै छंदा विन्डसोर क्यासलमा मनाइने गरिन्थ्यो । सन् १९८८ देखि भने स्यान्ड्रिङहाम हाउसमा नै मनाउन थालिएको छ । कुनै बेला हयारी र मेगानको बिहे भएको सेन्ट जोर्ज च्यापलमा पनि शाही परिवारको क्रिसमस जमघट हुने गर्दथ्यो ।
यस वर्ष राजकुमार हयारी, मेगान र उनीहरुका सात महिने छोरा आर्चीले भने रानीसंग क्रिसमस नमनाउने भएका छन् । ९८ वर्षीय राजकुमार फिलिप (दि ड्युक अफ एडिनबरा) चार रात अस्पतालमा बिताएर क्रिसमस मनाउन मंगलबार स्यान्ड्रिङहाम फर्केका छन् । स्वास्थ्यमा खराबी आएपछि उनी चिकित्सकको सल्लाहमा गत शुक्रबार किंग एडवार्ड अस्पताल भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि राजकुमार फिलिपले आफूलाई शुभेच्छा व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । राजकुमार फिलिप सन् २०१७ अगष्ट देखि सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन छाडेका छन् ।
क्रिसमसका बेला बेलायतको राजधानी लन्डन, सेफिल्ड, न्यू क्यासल, नटिङहाम, एडिनबरा, लिड्स, योर्क, बर्मिङहम, कार्डिफ, स्वान्सी, म्यानचेस्टर, ब्रिस्टोल, बाथ, बेलफास्ट, ग्लास्गो आदि शहरमा क्रिसमस मार्केटले झन् बढि रौनक थपेको थियो । लन्डनको विशाल हाइड पार्कमा ‘वीन्टर वन्डरल्याण्ड’ मेला जारी छ ।
विश्वका विभिन्न देशमा आ आफ्नै तरिकाले क्रिसमस मनाउने गरिन्छ । अंगोला, अर्जेन्टिना, अर्मेनिया, अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेलारुस, बेल्जियम, बोलिभिया, ब्राजिल, बुल्गेरिया, क्यानडा, चिली, कोलम्बिया, अमेरिका, फ्रान्स, जर्मनी, स्वीटजरल्याण्ड, मेक्सिको, नाइजेरिया, घाना, जिम्बाबे, न्यूजिल्याण्ड, नेदरल्याण्ड्स, फिनल्याण्ड, इजिप्ट, डेनमार्क, केन्या, फिलिपिन्स, पोल्याण्ड, नर्बे, पोर्चुगल, ग्रीस, साउथ कोरिया आदि देशमा आ आफ्नै ढंगले क्रिसमस मनाउने परम्परा छ ।
अफगानिस्तान, अल्जेरिया, भुटान, लिबिया, मौरीटेनिया, उत्तर कोरिया, सरावी अरब, डेमोक्रेटिक रिपब्लिक, साउदी अरब, सोमालिया, ताजकिस्तान, ट्युनिसिया, टुर्कमेनिस्तान, यमन जस्ता देशमा क्रिसमस मनाइंदैन् ।
अजरबैजान, बहराइन, कम्बोडिया, चीन, कोमोरोस, इरान, इजरायल, जापान, कुवेत, लाओस्, माल्दिभ्स्, मंगोलिया, मोरोक्को, ओमन, पाकिस्तान, कतार, थाइल्याण्ड, टर्की, उजवेकिस्तान, यूएइ, भियतनाम आदि देशमा मनाइन्छ तर सार्वजनिक विदा दिईंदैन् ।
मध्य र पूर्वी युरोपका अर्थोडक्स क्रिस्चियनहरुले भने जनवरी ७ मा क्रिसमस मनाउने गर्छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न