लन्डन । नेपाली व्यवसायीद्वारा सञ्चालित मोर्गेज तथा वित्तिय सेवा प्रदायक कम्पनी ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले दुई च्यारिटीलाई सहयोग गरेको छ । ए स्टारले सोमबार सांझ लन्डनमा आफ्नो ८ औं वार्षिकोत्सव कार्यक्रमबीच १४४० पाउण्ड प्रदान गरेको हो । कम्पनीले घरवारबिहीनहरुको हितमा कार्यरत संस्था इलिङ सुप किचनलाई ६७० पाउण्ड (करिब लाख रुपैंया) र जुनकिरी इनिसिएटिभलाई ६७० पाउण्ड प्रदान गरयो ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रबन्ध निर्देशक एवं बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग जुटाइएको जनाए । च्यारिटीका लागि अक्सन र राफल चिट्ठा खेलाइएको थियो । चार्टर्ड अकाउन्टेन्ट समिरनाथ प्याकुरेलले रोचक ढंगले प्रस्तुत गरेको अक्सनमा भैरव र कुमारीका कलाकृति समावेश थिए, जसलाई केटिएम क्लबका अजय ठकुरीले खरिद गरिदिए ।
वार्षिकोत्सव, क्रिसमस तथा नयां वर्ष मनाउन आयोजित कार्यक्रममा केक काटेर खुशीयाली मनाइयो । सो अवसरमा मगर संघ यूकेका अध्यक्ष सुनील राना, सोलिसिटर राजु थापा, सञ्चारकर्मी गोमा राना, बार्नेट काउन्सिलका उपमेयर लक्ष्य गुरुङ, काउन्सिलर विष्णु गुरुङ, तमुधिं यूकेका पूर्व अध्यक्ष सुवसिंह गुरुङ, पूर्व डिएसपी शिवजी श्रेष्ठ, एनआरएनए यूके पूर्व अध्यक्ष योगकुमार फगामी लगायतले शुभकामना दिएका थिए । वक्ताहरुले बेलायतको नेपाली समुदायमा ए स्टारको योगदानबारे प्रकाश पारे ।
कार्यक्रममा दर्लामीले इलिङ सुप किचन च्यारिटी र लक्ष्मी राईले जुनकिरी इनिसिएटिभबारे जानकारी दिएका थिए ।
मन्तव्य व्यक्त गर्ने क्रममा ए स्टारका प्रवन्ध निर्देशक मीन दर्लामीले सहभागीप्रति आभार व्यक्त गर्दै नेपाली समुदायले दिएको माया, विश्वास र सद्भावका कारण कम्पनी सफलतान्मुख भएको बताए । दर्लामीले आफ्नो कम्पनीले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुबै), इन्सुरेन्स, बिजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा काम गरिरहेको जनाए ।
दर्लामीले डेभलप्मेन्ट फाइनान्स कम्पनी ‘स्ट्रवेरी स्टार’ लाई आफ्नो ‘एक्सक्लुसिभ पार्टनर’ का रुपमा परिचित गराएका थिए । ‘स्ट्रवेरी स्टार’ का प्रतिनिधिले पनि आफ्नो सेवाबारे जानकारी दिंदै ए स्टारमार्फत नेपाली समुदायसंग निकट हुने अवसर पाएकामा आभार व्यक्त गरे ।
ए स्टारका मोर्गेज एड्भाइजर रमेशसिंह सरांगकोटीले सञ्चालन गरेको कार्यक्रममा ए स्टारले ‘लक्की ड्र’ बाट छानिएका तीन जना अतिथीलाई विशेष उपहार प्रदान गरेको थियो । गायक प्रमोद शर्माले विभिन्न गीत संगीत प्रस्तुत गरेर सहभागीलाई मनोरन्जन दिएका थिए । कार्यक्रममा बुद्धिजिवी, समाजसेवी, व्यवसायी, मिडियाकर्मी, ग्राहक लगायत करिब २०० जना लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागी थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ