
लन्डन । पूर्व काउन्सिलर एवं गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष धन गुरुङले बेलायतका घरवारबिहीनलाई क्रिसमस भोज ख्वाउंदै लत्ता कपडा प्रदान गरेका छन् । उनले सप्ताहन्त बेलायतस्थित फोकस्टन क्षेत्रका १४ जना घरवारबिहीनलाई क्रिसमस शुभकामनासहित खाना र कपडा उपलब्ध गराएका हुन् ।
‘जाडो बढिरहंदा आफ्नो क्षेत्रका गरिव जनताको मुहारमा खुशी ल्याउन सानो प्रयास गरेको छु’, गुरुङले भने, ‘सबै मिले ससानो सहयोगले पनि समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने लाग्छ ।’ गुरुङले आफ्नै खर्चमा गत वर्ष पनि खाना र लत्ताकपडा उपलब्ध गराएका थिए ।
सो अवसरमा फोकस्टन टाउन मेयर ज्याकी मिडको पनि उपस्थिति थियो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]