लन्डन । बेलायती संसदले आउंदो जनवरी ३१ तारिख भित्र ब्रिटेनले युरोपेली संघ (ईयू) छाड्नु पर्ने योजनालाई अनुमोदन गरेको छ ।
ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा शुक्रबार भएको मतदानमा ३५८ सांसदहरुले ईयूबाट बाहिरिने सहमति सम्बन्धि विधेयकको पक्षमा मतदान गरे भने २३४ जना विपक्षमा उभिए ।
उक्त विधेयकमा ब्रिटेन ईयूबाट बाहिरिने संक्रमण अवधि लम्ब्याउन नपाउने प्रावधान पनि छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले अब ब्रिटेन ईयूबाट बाहिरिने दिशामा एक कदम नजिक पुगेको बताएका छन् ।
मुख्य विपक्षी दल लेबरका अधिकांश सांसदले विधेयकको विपक्षमा मतदान गरेका थिए तर सोही दलका ६ जना सांसदले भने विधेयकको पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ ।
ब्रिटेनमा गत डिसेम्बर १२ मा भएको चुनावमा सत्तारुढ कन्जरभेटिभले स्पष्ट बहुमत ल्याएपछि यो विधेयक सजिलै पारित हुने ठानिएको छ ।
क्रिसमस बिदालगत्तै संसद बैठक शुरु भएपछि आउंदो ७, ८ र ९ जनवरीमा उक्त विधेयक माथि छलफल हुने गरि मिति तोकिएको छ ।
बेलायती संसदले ब्रेक्जिट विधेयक पारित गरेपछि ३१ जनवरी २०२० सम्म बेलायत ईयूबाट अलग हुने पक्का छ । सन् २०२०, ३१ डिसेम्बरसम्म ईयूसंग संक्रमणकालिन ब्यवस्था लागू भएसम्म सीमा, अध्ययागमन आदिमा कुनै परिवर्तन आउने छैन् । अबको महत्वपूर्ण काम ईयूसंग एक वर्षभित्र ब्यापारिक सन्धि गर्नु हो, जुन त्यति सहज नभएको विश्लेषकहरुको भनाइ छ ।
बेलायत जनवरी ३१ तारिखभित्र ईयूबाट अलग्गिने तयारीमा छ । बेलायत सन् १९७३ मा २८ युरापेली देशहरुको संघ युरोपियन युनियनमा आवद्ध भएको थियो । ईयूसंग पारपाचुके गर्ने बेलायत पहिलो देश हुनेछ ।
सन् २०१६ जुनमा भएको जनमतसंग्रहमा बेलायती जनताले ईयूबाट अलग्गिने पक्षमा मत दिएपछि शुरु भएको ब्रेक्जिट मुद्दा अझै टुंगिएको छैन् । यो २९ मार्च २०१९ मा अलग्गिनुपर्ने तालिका थियो । निवर्तमान प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट डिल संसदले पटक पटक अस्वीकार गरिदिएपछि ३१ अक्टोबर २०१९ सम्म सारियो बहिगर्मन म्याद । गत जनवरीदेखि मार्चसम्म बेलायती संसदले ब्रेक्जिट डिल तीनपटकसम्म अस्वीकार गरिदियो । यसै कारण तत्कालिन प्रधानमन्त्री टेरेजा मे राजिनामा दिन वाध्य भइन् र बोरिस जोन्सन दलको नेता चुनिएर प्रधानमन्त्री भए । तर, उनी पनि थपिएको समयसीमाभित्र ब्रेक्जिट मुद्दा पार लगाउन असफल भएपछि नयां जनादेशका लागि मध्यावधि आमनिर्वाचनमा होमिए । उक्त निर्वाचनमा कन्जरभेटिभले ६५० निर्वाचन क्षेत्रमा ३६५ सिट जितेर स्पष्ट बहुमत ल्याउन सफल भएको छ ।
प्रधानमन्त्रीले सैनिकहरुलाई ख्वाए क्रिसमस भोज
प्रधानमन्त्री जोन्सनले नेटो मिसनमा गएका ब्रिटिश सैनिकहरुलाई क्रिसमस दिवाभोज ख्वाएका छन् । इस्टोनिया पुगेका प्रधानमन्त्रीले टालिननजिक टापा सैनिक बेसक्याम्पमा रहेका सैनिकहरुलाई क्रिसमसको शुभकामना पनि दिएको बीबीसीले जनाएको छ । इस्टोनियामा ८५० बेलायती सैनिक खटिएका छन् जुन युरोपमा सबैभन्दा ठूलो संख्या हो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक