लन्डन । बेलायती संसदले आउंदो जनवरी ३१ तारिख भित्र ब्रिटेनले युरोपेली संघ (ईयू) छाड्नु पर्ने योजनालाई अनुमोदन गरेको छ ।
ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा शुक्रबार भएको मतदानमा ३५८ सांसदहरुले ईयूबाट बाहिरिने सहमति सम्बन्धि विधेयकको पक्षमा मतदान गरे भने २३४ जना विपक्षमा उभिए ।
उक्त विधेयकमा ब्रिटेन ईयूबाट बाहिरिने संक्रमण अवधि लम्ब्याउन नपाउने प्रावधान पनि छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले अब ब्रिटेन ईयूबाट बाहिरिने दिशामा एक कदम नजिक पुगेको बताएका छन् ।
मुख्य विपक्षी दल लेबरका अधिकांश सांसदले विधेयकको विपक्षमा मतदान गरेका थिए तर सोही दलका ६ जना सांसदले भने विधेयकको पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ ।
ब्रिटेनमा गत डिसेम्बर १२ मा भएको चुनावमा सत्तारुढ कन्जरभेटिभले स्पष्ट बहुमत ल्याएपछि यो विधेयक सजिलै पारित हुने ठानिएको छ ।
क्रिसमस बिदालगत्तै संसद बैठक शुरु भएपछि आउंदो ७, ८ र ९ जनवरीमा उक्त विधेयक माथि छलफल हुने गरि मिति तोकिएको छ ।
बेलायती संसदले ब्रेक्जिट विधेयक पारित गरेपछि ३१ जनवरी २०२० सम्म बेलायत ईयूबाट अलग हुने पक्का छ । सन् २०२०, ३१ डिसेम्बरसम्म ईयूसंग संक्रमणकालिन ब्यवस्था लागू भएसम्म सीमा, अध्ययागमन आदिमा कुनै परिवर्तन आउने छैन् । अबको महत्वपूर्ण काम ईयूसंग एक वर्षभित्र ब्यापारिक सन्धि गर्नु हो, जुन त्यति सहज नभएको विश्लेषकहरुको भनाइ छ ।
बेलायत जनवरी ३१ तारिखभित्र ईयूबाट अलग्गिने तयारीमा छ । बेलायत सन् १९७३ मा २८ युरापेली देशहरुको संघ युरोपियन युनियनमा आवद्ध भएको थियो । ईयूसंग पारपाचुके गर्ने बेलायत पहिलो देश हुनेछ ।
सन् २०१६ जुनमा भएको जनमतसंग्रहमा बेलायती जनताले ईयूबाट अलग्गिने पक्षमा मत दिएपछि शुरु भएको ब्रेक्जिट मुद्दा अझै टुंगिएको छैन् । यो २९ मार्च २०१९ मा अलग्गिनुपर्ने तालिका थियो । निवर्तमान प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट डिल संसदले पटक पटक अस्वीकार गरिदिएपछि ३१ अक्टोबर २०१९ सम्म सारियो बहिगर्मन म्याद । गत जनवरीदेखि मार्चसम्म बेलायती संसदले ब्रेक्जिट डिल तीनपटकसम्म अस्वीकार गरिदियो । यसै कारण तत्कालिन प्रधानमन्त्री टेरेजा मे राजिनामा दिन वाध्य भइन् र बोरिस जोन्सन दलको नेता चुनिएर प्रधानमन्त्री भए । तर, उनी पनि थपिएको समयसीमाभित्र ब्रेक्जिट मुद्दा पार लगाउन असफल भएपछि नयां जनादेशका लागि मध्यावधि आमनिर्वाचनमा होमिए । उक्त निर्वाचनमा कन्जरभेटिभले ६५० निर्वाचन क्षेत्रमा ३६५ सिट जितेर स्पष्ट बहुमत ल्याउन सफल भएको छ ।
प्रधानमन्त्रीले सैनिकहरुलाई ख्वाए क्रिसमस भोज
प्रधानमन्त्री जोन्सनले नेटो मिसनमा गएका ब्रिटिश सैनिकहरुलाई क्रिसमस दिवाभोज ख्वाएका छन् । इस्टोनिया पुगेका प्रधानमन्त्रीले टालिननजिक टापा सैनिक बेसक्याम्पमा रहेका सैनिकहरुलाई क्रिसमसको शुभकामना पनि दिएको बीबीसीले जनाएको छ । इस्टोनियामा ८५० बेलायती सैनिक खटिएका छन् जुन युरोपमा सबैभन्दा ठूलो संख्या हो ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा