लन्डन । मिस नेपाल अनुस्का श्रेष्ठलाई लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बधाइ तथा शुभकामना दिएका छन् । आफ्ना आमा बाबुका साथ लन्डन बस्ने अन्तिम दिन शुक्रबार दूतावास गएकी अनुष्काले त्यहांको भेट अविष्मरणीय र प्रेरणादायी भएको उल्लेख गरेकी छन् । उनले नेपाल सरकारको बेलायतमा प्रतिनिधित्वको पनि प्रशंसा गरेकी छन् ।
भेटमा राजदूतसंग नेपाली कला संस्कृति जगेर्नामा युवाहरुको भूमिकालगायत अन्य धेरै सवालमा कुराकानी भएको अनुष्काले बताइन् ।
गत साता सम्पन्न मिस वल्र्ड २०१९ प्रतियोगितामा टप १२ सम्म पुगेकी अनुष्काले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितेपछि उनलाई बधाइको ओइरो छ ।
२३ वर्षीया श्रेष्ठले सोसियल मिडियामा अत्यधिक इन्गेजमेन्ट, लाइक कमेन्ट अनि सेयर पर्याप्त भएका कारण मल्टिमिडिया अवार्ड पाएकी थिइन् भने काठमाडौंदेखि ७० किलोमिटर टाढा हेलम्बु क्षेत्रस्थित सोल्सिङ गाउंमा ग्रामीण विकास र सशक्तिकरणका लागि काम गरिरहेको उनको प्रोजेक्टले ‘ब्युटी वीथ अ पर्पोज’ अवार्ड दिलाएको थियो ।
अनुष्काले १४० घरधुरी रहेको सोल्सिङमा शिक्षा, स्वास्थ्य र जिविकोपार्जनका लागि उक्त कम्युनिटी प्रोजेक्ट रोजेकी छन् ।
‘हेड टु हेड च्यालेन्ज’ राउण्ड टु जितेर उनी ‘टप ४०’ मा सिधै पुगेकी थिइन् । अनुष्काले हाउस अफ लर्डस् र अक्सफोर्ड युनियनमा भएका वहसमा आफूलाई अब्बल पनि देखाइन् ।
अनुष्कालाई ब्रिस्टोल नेपाली सोसाइटीले पनि बधाइसहित सम्मान गरेको छ । तर, बेलायतका नेपाली अनि संघसंस्थाको प्रतिनिधित्व गर्ने छाता संस्था भनिने एनआरएनए यूकेले भने उनलाई न बधाइ दियो न भेटघाट अनि सम्मान ।
नेपाल फर्किएपछि उनले आफ्नो प्रोजेक्टमा समय दिने बताएकी छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने