लन्डन । मिस नेपाल अनुस्का श्रेष्ठलाई लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बधाइ तथा शुभकामना दिएका छन् । आफ्ना आमा बाबुका साथ लन्डन बस्ने अन्तिम दिन शुक्रबार दूतावास गएकी अनुष्काले त्यहांको भेट अविष्मरणीय र प्रेरणादायी भएको उल्लेख गरेकी छन् । उनले नेपाल सरकारको बेलायतमा प्रतिनिधित्वको पनि प्रशंसा गरेकी छन् ।
भेटमा राजदूतसंग नेपाली कला संस्कृति जगेर्नामा युवाहरुको भूमिकालगायत अन्य धेरै सवालमा कुराकानी भएको अनुष्काले बताइन् ।
गत साता सम्पन्न मिस वल्र्ड २०१९ प्रतियोगितामा टप १२ सम्म पुगेकी अनुष्काले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितेपछि उनलाई बधाइको ओइरो छ ।
२३ वर्षीया श्रेष्ठले सोसियल मिडियामा अत्यधिक इन्गेजमेन्ट, लाइक कमेन्ट अनि सेयर पर्याप्त भएका कारण मल्टिमिडिया अवार्ड पाएकी थिइन् भने काठमाडौंदेखि ७० किलोमिटर टाढा हेलम्बु क्षेत्रस्थित सोल्सिङ गाउंमा ग्रामीण विकास र सशक्तिकरणका लागि काम गरिरहेको उनको प्रोजेक्टले ‘ब्युटी वीथ अ पर्पोज’ अवार्ड दिलाएको थियो ।
अनुष्काले १४० घरधुरी रहेको सोल्सिङमा शिक्षा, स्वास्थ्य र जिविकोपार्जनका लागि उक्त कम्युनिटी प्रोजेक्ट रोजेकी छन् ।
‘हेड टु हेड च्यालेन्ज’ राउण्ड टु जितेर उनी ‘टप ४०’ मा सिधै पुगेकी थिइन् । अनुष्काले हाउस अफ लर्डस् र अक्सफोर्ड युनियनमा भएका वहसमा आफूलाई अब्बल पनि देखाइन् ।
अनुष्कालाई ब्रिस्टोल नेपाली सोसाइटीले पनि बधाइसहित सम्मान गरेको छ । तर, बेलायतका नेपाली अनि संघसंस्थाको प्रतिनिधित्व गर्ने छाता संस्था भनिने एनआरएनए यूकेले भने उनलाई न बधाइ दियो न भेटघाट अनि सम्मान ।
नेपाल फर्किएपछि उनले आफ्नो प्रोजेक्टमा समय दिने बताएकी छन् ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर