लन्डन । नेप्लिज सेफ एशोसिएसन यूकेले अंग्रेजी नयां वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । आगामी ६ जनवरी, सोमबार लन्डन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा कार्यक्रम गर्न लागिएको एशोसिएसनका अध्यक्ष दधि आचार्यले जनाए । ‘पारिवारिक वातावरणमा एसोसिएसन साथीहरु र परिवारजनसंग भलाकुसारी, चिनजान एवं शुभकामना आदानप्रदान नै प्रमुख उद्देश्य हो’- अध्यक्ष आचार्यले भने, ‘नेपालका दुई राष्ट्रिय कलाकार भिम पौडेल र सिर्जु अधिकारीसहित स्थानीय कलाकारको प्रस्तुति कार्यक्रमको अर्को आकर्षण हो ।’
उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष मोहन ओलीले गरेका छन्।
आफ्नो कामको व्यस्तता छाडेर सेफहरुले धेरथोर मातृभूमिलाई सहयोग गर्दै आएका छन् ।
एशोसिएसनले हालै धादिङ निलकन्ठ-१४ स्थित तमैरातमाटे माविमा पुस्तकालय भवन बनाउन आर्थिक सहयोग गरेको छ ।
बेलायतमा कार्यरत नेपाली सेफहरुलाई एकवद्ध गर्दै उनीहरुको व्यवसायिक दक्षता अभिवृद्धि एवं आपतविपतमा सहयोग आदानप्रदान गर्ने उद्देश्य राखेर समाजसेवी कृष्ण तिमल्सेनाको अध्यक्षतामा सन् २०१२ मा नेपलिज सेफ एशोसिएसन यूके स्थापना भएको थियो ।
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]