लन्डन । मिसेस नेपाल यूके २०१८ की सेकेण्ड रनरअप सबु सेन्चुरीले पहिलोपटक क्रिसमस मार्केट सञ्चालन गरि ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवर्धन गरेकी छन् । किङ्सडाउन मेथोडिस्ट चर्च नर्थफिल्डमा गत १४ डिसेम्बरसांझ आयोजित ‘क्रिसमस इभिनिङ मार्केट’ मा स्थानीय व्यापारीका १७ विभिन्न स्टल राखिएका थिए ।
नर्थफिल्डमा सञ्चालित स्पाइस म्याजिक रेष्टुरेन्टकी प्रोप्राइटर सबु एक्लैले ‘देशका लागि केही गरौं’ भन्ने उद्देश्यले सो ‘कन्सेप्ट’ ल्याएको जनाइन् । ‘उक्त हाट बजारमा नेपाल चिनाउने विभिन्न सामाग्री प्रदर्शन, ‘नेपाल भ्रमण वर्ष २०२०’ बारे प्रचार प्रसार र नेपाली कला संस्कृति प्रस्तुत गरियो’- सबुले भनिन् । सो अवसरमा खानाको स्टल पनि राखिएको थियो ।
मिसेस नेपाल यूके २०१८ सेकेण्ड रनरअप भएपछि सबुले समाजसेवामा सक्रियता बढाएकी छन् । उनले गत सेप्टेम्बर अन्तिम साता म्याकमिलन क्यान्सर सपोर्ट यूकेका लागि ‘कफी मर्निङ च्यारिटी’ पनि गरेकी थिइन् । त्यतिबेला उनलाई जय सन्तोषी मां सुन पसल र हार्लिङटन कम्युनिटी सेन्टरले पनि सघाएका थिए ।
उनले यही शुक्रबार २० डिसेम्बरमा साउथ हयारो गोल्डेनसीप रेष्टुरेन्टमा ‘सबुज् १९२० थिम’ नामक क्रिसमस-नयां वर्ष पार्टी समेत आयोजना गरेकी छन् । आफ्ना सहयोगी, साथीभाइ र शुभचिन्तकबीच क्रिसमस एवं अंग्रेजी नयां वर्षको शुभकामना आदानप्रदान र मनोरन्जनका लागि पार्टी आयोजना गरिएको उनको भनाइ छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न