
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायत, नर्दन आयरल्याण्ड राज्य परिषदले बेलफाष्टमा च्यारिटी गरेको छ । नर्दन आयरल्याण्डका नेपालीले नेपालमा आवश्यकता अनुसार आपतकालिन अवस्थामा सहयोग गर्न १६ डिसेम्बरमा च्यारिटी कार्यक्रम गरिएको हो । च्यारिटीबाट करिब १५ सय पाउण्ड जम्मा भएको छ ।
सो च्यारीटी कार्यक्रममा नेपाली लोक तथा दोहोरी कलाकारहरु गायिका खिमा रोका मगर तथा गायक ज्ञान सिङ काउचा लगायतले प्रस्तुति दिएका थिए । इंग्ल्याण्ड, स्कटल्याण्ड, रिपब्लिक आयरल्याण्ड तथा नर्दन आयरल्याण्डबाट च्यारिटीमा सहभागी हुन नेपालीहरु आएका थिए ।
एनआरएनए यूके राज्य समन्वय समिति नर्दन आयरल्याण्डका अध्यक्ष नारायण कुंवरको संयोजन तथा अध्यक्षतामा भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले कार्यक्रम उद्धाटन गरेका थिए । अध्यक्ष छन्त्यालले एनआरएनए आयरल्याण्डले एनआरएनए यूके नर्दन आयरल्याण्डसंग सहकार्य गर्न चाहेको बताए । युके र आयरल्याण्डमा रहेका नेपालीहरु मिलेर नेपाल र नेपालीका लागि विभिन्न कार्य गर्न सकिने उनले बताए ।
कार्यक्रममा विशिष्ट अतिथी गैर आवासीय नेपाली संघ युकेका पूर्व उपाध्यक्ष शेरबहादुर सुनारले गैर आवासीय नेपाली संघ बेलायतमा नर्दन आयरल्याण्डको विशेष भूमिका रहेको बताए । उनले गैर आवासीय नेपाली संघ युकेको गत निर्वाचनमा नर्दन आयरल्याण्डले आफूप्रति देखाएको विश्वासका लागि कृतज्ञता प्रकट गरे । गैर आवासीय नेपाली संघ बेलायतको हालै सम्पन्न निर्वाचन पछि पहिलो पटक गैर आवासीय नेपाली संघको कार्यक्रममा नर्दन आयरल्याण्ड पुगेका सुनारलाई बेलफाष्टमा स्वागत गरिएको थियो ।
कार्यक्रममा आइसीसी सदस्य दयानिधि सापकोटा, एनआरएन युके उपाध्यक्ष नारायण कँडेल तथा नर्दन आयरल्याण्डका पूर्व अध्यक्ष लिलाराम निउरेलगायतले आ-आफ्नो धारणा राखेका थिए ।
एनआरएनए यूके उपाध्यक्ष नारायण कँडेलले कार्यक्रम आयोजना गरेकोमा गैर आवासीय नेपाली संघ नर्दन आयरल्याण्डलाई धन्यवाद दिए । एनआरएनए यूके सचिव तथा समन्वय विभाग संयोजक कोषलेश्वर ढकालले राज्य परिषदहरुसंग समन्वय गरि कार्य गर्न चाहेको बताए ।
कार्यक्रममा नर्दन आयरल्याण्ड राज्य समितिमा निर्वाचित सहायक सचिव विष्णु खत्री तथा सदस्य तुलसीराम पौडेललाई बेलायतका उपाध्यक्ष नारायण कँडेलले पद तथा गोपनियताको शपथ गराए । उक्त कार्यक्रम नर्दन आयरल्याण्डका सचिव छमबहादुर रेग्मीले संचालन गरेका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण