लन्डन । किरात राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भब्यताका साथ सम्पन्न भएको छ ।
धामी (नाक्छुङ) द्वारा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुज्ने गरिन्छ । बेलायतमा भएका चार जना धामी (नाक्छुङ) हरुलाई किरात राई यायोक्खा बेलायत अध्यक्ष कल्पना राईलो रितपूर्वक धामी बांध्ने प्रस्ताव राखेकी थिइन् । धामीहरुले प्रस्ताव स्वीकार गरे पश्चात खोटाङ जिल्लाका पूर्व सभापति तथा सल्लाहकार रत्न राई र संरक्षक दिलबहादुर राईले फेटा लगाई धामीहरुलाई संस्कारगत शिर उभाएका थिए ।
किरातीहरूमाझ यो चाड आफ्नो जनजीवन र जीवनयापनसंग नजिक जोडिएकाले खुब महत्व छ । आफूले लगाएको सम्पूर्ण बाली सप्रियोस्, कसैलाई पनि दुःख बिमारले नसताओस् भन्ने प्रार्थना आफ्नो पितृ पुर्खाहरूलाई गर्दै प्रत्येक वर्ष मंसिर पूर्णिमादेखि उधौली र बैशाख पूर्णिमादेखि उभौली मनाउने परम्परा छ ।
धामीहरु किताबशेर राई र टाइटेक्स् फल्माछा आफ्नै घरमा पानीको पूजा सम्पन्न गरी साकेला पुज्न उपस्थित भएका थिए । किरात राईहरुको आफ्नै भूमि ग्याम्बललेनमा चुलाको प्रतिक ‘सेउली गाडी’ पूजा गरेपछि साकेला थानमा गई उधौली पूजा गरिएको थियो ।
राईहरु एक आपसमा उधौलीको शुभकामना आदानप्रदान गर्दै ढोल र झ्याम्टाको तालमा साकेला नाचेका थिए । अन्तमा चुलाको प्रतिक गाडेको सेउलीमा धामीहरुले विधि र संस्कारगत पूजा सकेपछि उधौली सम्पन्न भएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न