लन्डन । किरात राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भब्यताका साथ सम्पन्न भएको छ ।
धामी (नाक्छुङ) द्वारा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुज्ने गरिन्छ । बेलायतमा भएका चार जना धामी (नाक्छुङ) हरुलाई किरात राई यायोक्खा बेलायत अध्यक्ष कल्पना राईलो रितपूर्वक धामी बांध्ने प्रस्ताव राखेकी थिइन् । धामीहरुले प्रस्ताव स्वीकार गरे पश्चात खोटाङ जिल्लाका पूर्व सभापति तथा सल्लाहकार रत्न राई र संरक्षक दिलबहादुर राईले फेटा लगाई धामीहरुलाई संस्कारगत शिर उभाएका थिए ।
किरातीहरूमाझ यो चाड आफ्नो जनजीवन र जीवनयापनसंग नजिक जोडिएकाले खुब महत्व छ । आफूले लगाएको सम्पूर्ण बाली सप्रियोस्, कसैलाई पनि दुःख बिमारले नसताओस् भन्ने प्रार्थना आफ्नो पितृ पुर्खाहरूलाई गर्दै प्रत्येक वर्ष मंसिर पूर्णिमादेखि उधौली र बैशाख पूर्णिमादेखि उभौली मनाउने परम्परा छ ।
धामीहरु किताबशेर राई र टाइटेक्स् फल्माछा आफ्नै घरमा पानीको पूजा सम्पन्न गरी साकेला पुज्न उपस्थित भएका थिए । किरात राईहरुको आफ्नै भूमि ग्याम्बललेनमा चुलाको प्रतिक ‘सेउली गाडी’ पूजा गरेपछि साकेला थानमा गई उधौली पूजा गरिएको थियो ।
राईहरु एक आपसमा उधौलीको शुभकामना आदानप्रदान गर्दै ढोल र झ्याम्टाको तालमा साकेला नाचेका थिए । अन्तमा चुलाको प्रतिक गाडेको सेउलीमा धामीहरुले विधि र संस्कारगत पूजा सकेपछि उधौली सम्पन्न भएको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा