लन्डन । मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठले दुई उपाधि जितेकी छन् । टप १२ सम्म पुगेकी अनुष्काले शनिबार लण्डन एक्सेलमा आयोजित ६९ औं मिस वर्ल्ड प्रतियोगितामा ‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितेकी हुन् ।
अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले ति दुबै ‘टाइटल’ जितेकी थिइन् ।
दुई अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले सबैप्रति आभार व्यक्त गरेकी छन् । छोरीको जितमा अनुष्काका आमा-बाबु पनि दंग देखिन्थे ।
प्रतियोगितामा अनुष्कालाई हौसला प्रदान गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएन पदाधिकारी लगायत नेपालीहरु नेपालको झन्डा बोकेर कार्यक्रमस्थल पुगेका थिए । उनीहरुले बारम्बार हुटिङ समेत गरे ।
यसैबीच, ६९ औं मिस वर्ल्डको ताज जमैकाकी टोनी एन सिंहले जितिन् भने मिस फ्रान्स ओफ्ली मेजिनो फस्ट रनर अप र मिस इन्डिया सुमन रतनसिंह रावले सेकेन्ड रनर अपको उपाधि जिते ।
प्रतियोगितामा एक सय ११ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । तस्बिर- शंकर श्रेष्ठ
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]