
लण्डन । मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गत ‘हेड टु हेड च्यालेन्ज राउन्ड टु’ जितेर टप ४० मा पर्न सफल भएकी छन् ।
‘यहाँहरुको मायाले मिस वर्ल्ड ‘हेड टु हेड च्यालेन्ज’ को दोस्रो चरण पार गर्न सफल भएको छु । ‘हेड टू हेड च्यालेन्ज’ मा आफनो प्रोजेक्ट बारेमा दुई मिनेटमा पछिल्लो आठ महिनामा गरेको कामको विषयमा आफनो भनाई राख्ने मौका पाएँ, जुन कुरा दर्शाउनु चुनौतीपूर्ण थियो, जुन प्रोजेक्टले गर्दा ‘हेड टु हेड च्यालेन्ज’ को टप १० मा छनौट हुँदै मिस वर्ल्डको उत्कृष्ठ ४० पुग्न सफल भएकी छु’-उनले भनेकी छन्।
अनुष्काले अब ‘मल्टिमिडिया’ अवार्डका लागि पनि मत दिन अपिल गरेकी छन् । यही शनिबार १४ तारिख लन्डन एक्सेलमा हुने ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न १११ देशका सुन्दरी लण्डन आएका छन् ।
प्रतियोगिताका लागि आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिति जनाउने अनुष्काको प्रण छ ।
मिस वर्ल्डका लागि भोटिङ जारी छ । अनुष्कालाई www.missworld.com मा गएर मत दिन सकिने छ । अत्यधिक मत भए उनले मल्टिमिडिया अवार्ड जित्नेछिन् ।
विश्व सुन्दरीहरुमाझ आज मंगलबार सांझ लन्डन ओटु इन्डिगोमा ‘ब्युटी वीथ अ परपोज’ च्यारिटी डिनर हुंदैछ । यसमा नेपाली समुदायले पनि सहभागिता जनाउने भएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक