
लण्डन । मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गत ‘हेड टु हेड च्यालेन्ज राउन्ड टु’ जितेर टप ४० मा पर्न सफल भएकी छन् ।
‘यहाँहरुको मायाले मिस वर्ल्ड ‘हेड टु हेड च्यालेन्ज’ को दोस्रो चरण पार गर्न सफल भएको छु । ‘हेड टू हेड च्यालेन्ज’ मा आफनो प्रोजेक्ट बारेमा दुई मिनेटमा पछिल्लो आठ महिनामा गरेको कामको विषयमा आफनो भनाई राख्ने मौका पाएँ, जुन कुरा दर्शाउनु चुनौतीपूर्ण थियो, जुन प्रोजेक्टले गर्दा ‘हेड टु हेड च्यालेन्ज’ को टप १० मा छनौट हुँदै मिस वर्ल्डको उत्कृष्ठ ४० पुग्न सफल भएकी छु’-उनले भनेकी छन्।
अनुष्काले अब ‘मल्टिमिडिया’ अवार्डका लागि पनि मत दिन अपिल गरेकी छन् । यही शनिबार १४ तारिख लन्डन एक्सेलमा हुने ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न १११ देशका सुन्दरी लण्डन आएका छन् ।
प्रतियोगिताका लागि आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिति जनाउने अनुष्काको प्रण छ ।
मिस वर्ल्डका लागि भोटिङ जारी छ । अनुष्कालाई www.missworld.com मा गएर मत दिन सकिने छ । अत्यधिक मत भए उनले मल्टिमिडिया अवार्ड जित्नेछिन् ।
विश्व सुन्दरीहरुमाझ आज मंगलबार सांझ लन्डन ओटु इन्डिगोमा ‘ब्युटी वीथ अ परपोज’ च्यारिटी डिनर हुंदैछ । यसमा नेपाली समुदायले पनि सहभागिता जनाउने भएको छ ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो