लन्डन । ब्रिटेनको पूर्व उपनिवेश रहेको युरोपेली मुलुक माल्टामा पहिलोपटक वृहत नेपाली कन्सर्ट भएको छ । एनआरएनए माल्टाले गत शनिबार गायकद्वय हिमाल सागर र आशिष सचिनलाई झिकाएर कार्यक्रम गरेको हो । एनआरएनए माल्टा गैर आवासीय नेपाली संघको ८० औं शाखा हो ।
दीपावली र छठ शुभकामना आदानप्रदान गर्न आयोजित उक्त सांगीतिक कार्यक्रममा दर्शक उपस्थिति सोचेभन्दा उल्लेख्य रहेको एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल बाबुले जनाए । माल्टामा रहेका नेपालीलाई एकतावद्ध गर्ने उद्देश्यले कार्यक्रम गरिएको एनआरएनए माल्टाका सदस्य रहरमान तामाङ बताउंछन् ।
कार्यक्रममा प्रमुख अतिथि थिए एनआरएनए केन्द्रीय सल्लाहकार सोम सापकोटा । कार्यक्रम संयोजन पूर्ण कोइरालाले गरेका हुन् ।
माल्टामा अहिले नेपाली जनसंख्या बढ्दै गएको छ । वर्क परमिट र अध्ययनका लागि नेपालीको आकर्षण बढेको हो । विशेषगरि हस्पिटालिटी क्षेत्रमा नेपालीको माग बढि छ । क्लिनर, वेटर, अकाउन्टेन्ट क्लर्क र हाउस किपिङ काममा नेपाली संलग्न रहेका र मासिक न्यूनतम कमाइ करिब ७ सय ३५ युरो हुने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । लन्डनस्थित नेपाली दूतावासले नै कामदार माग प्रमाणिकरण गर्छ ।
दूतावासले माल्टाबाट विदेशी पर्यटक भित्रयाउन पनि पहल शुरु गरेको छ । केही महिनाअघिमात्र माल्टा एवं बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन समिति माल्टा’ गठन गरिएको छ ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता