लन्डन । ब्रिटेनको पूर्व उपनिवेश रहेको युरोपेली मुलुक माल्टामा पहिलोपटक वृहत नेपाली कन्सर्ट भएको छ । एनआरएनए माल्टाले गत शनिबार गायकद्वय हिमाल सागर र आशिष सचिनलाई झिकाएर कार्यक्रम गरेको हो । एनआरएनए माल्टा गैर आवासीय नेपाली संघको ८० औं शाखा हो ।
दीपावली र छठ शुभकामना आदानप्रदान गर्न आयोजित उक्त सांगीतिक कार्यक्रममा दर्शक उपस्थिति सोचेभन्दा उल्लेख्य रहेको एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल बाबुले जनाए । माल्टामा रहेका नेपालीलाई एकतावद्ध गर्ने उद्देश्यले कार्यक्रम गरिएको एनआरएनए माल्टाका सदस्य रहरमान तामाङ बताउंछन् ।
कार्यक्रममा प्रमुख अतिथि थिए एनआरएनए केन्द्रीय सल्लाहकार सोम सापकोटा । कार्यक्रम संयोजन पूर्ण कोइरालाले गरेका हुन् ।
माल्टामा अहिले नेपाली जनसंख्या बढ्दै गएको छ । वर्क परमिट र अध्ययनका लागि नेपालीको आकर्षण बढेको हो । विशेषगरि हस्पिटालिटी क्षेत्रमा नेपालीको माग बढि छ । क्लिनर, वेटर, अकाउन्टेन्ट क्लर्क र हाउस किपिङ काममा नेपाली संलग्न रहेका र मासिक न्यूनतम कमाइ करिब ७ सय ३५ युरो हुने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । लन्डनस्थित नेपाली दूतावासले नै कामदार माग प्रमाणिकरण गर्छ ।
दूतावासले माल्टाबाट विदेशी पर्यटक भित्रयाउन पनि पहल शुरु गरेको छ । केही महिनाअघिमात्र माल्टा एवं बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन समिति माल्टा’ गठन गरिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक