
काठमाडौं । गैर आवासीय नेपाली संघको निर्वाचन बिहीबार सांझ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
इलेक्ट्रिक भोटिंग सिस्टममा प्राविधिक गडबढी भएपछि बुधबार निर्धारित निर्वाचन बिहीबार कागजी मतपत्रमै सम्पन्न भएको हो ।
निर्वाचन समिति श्रोतका अनुसार, २५७० मतदाता मध्ये २३४४ मत खसेको छ । मतगणना आजै रातीबाट शुरु हुने र परिणाम आइसक्ने अपेक्षा गरिएको छ ।
यसपटक अध्यक्षमा कुल आचार्य र कुमार पन्तको कडा प्रतिष्पर्धा छ ।
‘मातृभूमिमा समृद्धि, कर्मभूमिमा संस्कृति’ नाराका साथ मैदानमा उत्रिएका आचार्यले जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका छन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान