लन्डन — बर्न्टओकस्थित नेपाली भाषा तथा सांस्कृतिक केन्द्र (एनएलसीसी) ले आउंदो २८ सेप्टेम्बर, शनिवारका दिन मिलहिल स्कुलमा एनएलसीसी टेनिस टुर्नामेन्ट आयोजना गर्न लागेको छ।
गएको ३ वर्ष देखि बर्न्टओकमा नेपाली बालबालिकाका लागि नेपाली भाषा कक्षा संचालन गर्दै आएको केन्द्रले पहिलो पटक एनएलसीसी टेनिस टुर्नामेन्ट आयोजना गर्न लागेको हो।
‘हाम्रा बालबालिका तथा अभिभावकहरुको वृत्ति विकास तथा तन्दुरुस्तीका लागि हामीले विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएका छौं। त्यसै सिलसिलामा हामीले एनएलसीसी टेनिस टुर्नामेन्ट आयोजना गर्न लागेका हौँ । हाम्रो यो प्रयासमा सघाउनु हुन हामी युकेस्थित सबै नेपाली व्यवसायी तथा अगुवाहरुलाई आग्रह गर्दछौं’- केन्द्रका सल्लाहकार तथा कार्यक्रम संयोजक भोला पनेरुले भने। टुर्नामेन्टका विजेताहरुलाई ट्रफी तथा नगद पुरस्कार दिइने पनि उनले बताए।
लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले एनएलसीसी टेनिस टुर्नामेन्ट आयोजना गर्न लागेको थाहा पाउंदा आफुलाई खुसी लागेको बताए। ‘यस्ता रचनात्मक कामहरुलाई सघाउन हामी सधैं तयार छौं’- उनले भने।
टुर्नामेन्टमा सहभागी हुन तथा प्रायोजन गर्न चाहनुहरुले यही २२ सेप्टेम्बरभित्र कार्यक्रम संयोजक पनेरूलाई 07576263736 मा वा राजन फुयांललाई 07966639487 मा सम्पर्क गर्न पनि केन्द्रले आग्रह गरेको छ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’