काठमाडौँ । गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन् । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनएको नवौं विश्व सम्मेलनमा गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
एनआरएनमा सबै वर्गको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै जुनुले विश्वभरिका अग्रज महिला दिदीबहिनी तथा एनआरएन अभियन्ताको सल्लाह र सुझाव अनुसार आइसिसी महिला फोरममा जाने निर्णय गरेको समेत बताएकी छन् । एसियामा धेरै देशमा महिला फोरम गठनमा सफल भएको बताउँदै महिला फोरम अभियानलाई सफल बनाएसँगै अब विश्वभरी महिलाहरुको सञ्जाललाई विस्तार गर्नु आफनो मुख्य एजेन्डा हुने जुनुले उल्लेख गरेकी छन् ।
कोरियामा समाजसेबीको रुपमा आफूलाई चिनाउन सफल उनी सबैका समस्या आफ्नै सम्झेर समधानको बाटोतर्फ लाग्नाले सबैको प्रिय छन् । समाजसेवामा सकृय रहि काम गरेबापत उनलाई दक्षिण कोरिया सरकारले मानार्थ ‘सिटिजन सिप’ को उच्च सम्मानले पुरस्कृत गरेको थियो जसबाट पुरस्कृत हुने उनी पहिलो नेपाली महिला हुन् । जुनुले महिलाहरूको साझा संस्थाको सस्थापक अध्यक्षमा पनि सफल कार्यकाल निभाइसकेकी छन् ।
जुनुले एनआरएनए एनसिसी गठन भएका सबै देशमा महिला फोरम गठन गरिसकेकी छन् भने एशिया प्यासिफिक क्षेत्रका कार्यक्रम हङकङ र म्यानमारमा भब्यताकासाथ सम्पन्न गराएकी थिइन् ।
महिलाहरुका आवाज सशक्त रुपमा उठाउन, आर्थिक तथा ब्यबसायिक रुपमा बलियो बनाउन, महिलाहरूको स्वास्थ्य शिक्षामा अझै सुधार गर्न, मजदुर मैत्री बनाउन, एशिया प्यासिफिक क्षेत्र र मध्य पूर्वमा मजदुर तथा महिलाहरूको दर्दनाक दुःख भएकोले ति समस्या समाधान गर्न बिशेष पहल गर्ने जुनुले बताएकी छन् ।
एनआरएएन सबैको साझा संस्था भएको बताउँदै जुनुले संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन सबै क्षेत्रको प्रतिनिधित्व समेत सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै महिला दिदीबहिनीहरुको सबैको अवस्था एकै नभएको भन्दै आफू मध्य पूर्वमा रहेका महिलाहरुको आवाजलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने संकल्प गरेकी छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार