अल्डरसट । विवादका कारण रोकिएको एनआरएन यूकेको मतगणना शुरु भएको छ । आइतबार साँझ पौने ७ बजेदेखि मतगणना शुरु भएको हो । मतगणना रोकिंदा मतदाताहरुमाझ तीब्र असन्तुष्टि थियो ।
अध्यक्षका प्रत्यासीमध्ये एक शेर सुनार समूहले शनिबार सम्पन्न निर्वाचनको बेजिङस्टोक केन्द्रमा धाँधली भएको भन्दै मतगणना वहिस्कार गरेको छ ।
तर, अध्यक्षको अर्की प्रत्यासी पुनम गुरुङ समूहले भने जनमतलाई सहर्ष स्वीकार्ने जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त मेजर डमर घले र सह-प्रमुख आयुक्त शिवजी श्रेष्ठले सुरुमा स्कट्ल्यान्डको बाकस खोलेका थिए । त्यसपछि क्रमश वेल्स, नर्दन आयरल्यान्ड, केन्ट, रेडिङ बुथका बाकस खोलेर गणना अघि बढाइएको निर्वाचन समितिले जनाएको छ ।
मतगणनाका लागि निर्वाचन समितिले अध्यक्षका दुवै उम्मेद्वारसँग ६० जनाका दरले गणक मागेको छ । उनीहरुले गणक पठाउन नसके स्वतन्त्र गणकहरु व्यवस्था गरेर भएपनि मतगणना अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन