लन्डन । एनआरएनए यूकेको शनिबार सम्पन्न निर्वाचनको मतगणना स्थगित भएको छ । अध्यक्षका प्रत्यासी शेर सुनार समूहले बेजिङस्टोकमा भएको निर्वाचन ‘धांधली’ भएको भन्दै विवाद गरेपछि मतगणना स्थगित भएको हो । उता पुनम गुरुङ समूहले अल्डरसट र हयारो बुथमा निर्वाचन धांधली भएको भन्दै निवेदन दिएको थियो ।
निर्वाचन समितिका प्रमुख आयुक्त मेजर रिटायर्ड डमर घले र प्रवक्ता शिवजी श्रेष्ठले राती २.४५ बजे एक पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरुलाई आइतबार बिहान १० बजेसम्मको समयसीमा दिइ एउटा सहमतिमा आउन आव्हान गरेका छन् । सहमति नभए ‘ब्यालेट बक्स’ दुई अध्यक्षका प्रत्यासीसहित उम्मेदवारहरुलाई जिम्मा लगाएर आफूहरुले सामूहिक रुपमा राजिनामा गरि बाहिरिने समितिले जनाएको छ । यस्तो निर्णयअघि आफूहरुले अध्यक्षका दुवै प्रत्यासी, उम्मेदवारहरुसंग लामो छलफल गरेपनि सहमतिमा पुग्न नसकेको समितिको प्रष्टोक्ति छ ।
बेजिङस्टोक मतदान केन्द्रमा धांधली भएको भन्दै शेर समूहले ‘ब्यालेट बक्स’ मतगणना स्थल एम्पायर हलभित्र लैजान खोज्दा अवरोध गर्ने, सेक्यूरिटीमाथि हातपात, गालीगलौज एवं हुलहुज्जत गर्न थालेपछि स्थिति तनावपूर्ण बनि प्रहरी नै बोलाउनु परेको थियो ।
४६ दिनदेखि आफूहरुले निर्वाचन प्रक्रिया शुरु गरेको र निर्वाचन शान्तिपूर्ण सम्पन्न भएपनि मतगणनामा असहज परिस्थिति उत्पन्न हुनु दुःखद भएको निर्वाचन समितिले जनाएको छ । मुचुल्कामा हस्ताक्षर गरेर पनि धांधली भएको भन्नु विडम्बना भएको निर्वाचन समितिको भनाइ छ ।
संयुक्त अधिराज्यको १२ वटा मतदान केन्द्रमा बिहान ८ देखि सांझ ८ बजेसम्म सौहाद्रपूर्ण रुपमा मतदान भएको थियो ।
यसपटक मतदाता संख्या १३ हजार ६ सय २९ थिए । निर्वाचन समितिले कति मत खस्यो भन्ने चाहिं विवरण दिएन् । उक्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई प्रश्न सोध्न समेत दिइएको थिएन ।
पञ्जिकृत सदस्यका हिसाबले एनआरएन यूके विश्वका ८० शाखामध्ये सबैभन्दा ठूलो बनेपनि मतगणनामा अवरोध र होहल्ला गरि अन्यौलको स्थिति सृजना गरेर बेलायतले ‘अशोभनीय’ कार्य गरेको केही अभियन्ताको आक्रोश छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ