गैरआवासीय नेपालीहरुका लागि सानिमा एनआरएन मुद्दती खाता सुरु


काठमाडौं । सानिमा बैंकले गैरआवासीय नेपालीहरुका लागि सानिमा एनआरएन मुद्दती खाता सुरु गरेको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न पाउनेछन् ।

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा २ प्रतिशतको उच्चतम व्याजदर प्राप्त गर्न सकिने सानिमाले जनाएको छ । खाता खोल्दा न्यूनतम रकम १० हजार (अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो) लाग्नेछ ।

२ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भएपछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री